१६ असोज, काठमाडौं । काठमाडौं-तराई मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणको जिम्मा दक्षिण कोरियाली कम्पनीले पाएको छ ।
नेपाली सेनाले कोरियाको सुसोङ इन्जिनियरिङलाई डीपीआर निर्माणको जिम्मा दिएको हो ।
सम्झौतामा मंगलबार आयोजना प्रमुख एवं उपरथी योगेन्द्रबहादुर खाँण र कम्पनीका अध्यक्ष किहायन हवाङले हस्ताक्षर गरेका छन् ।
नेपाली सेनाकाअनुसार डीपीआरको लागत १० करोड १२ लाख ७८ हजार ९३२ छ भने सुसोङ इन्जिनियरिङले कात्तिक ४ गतेबाट १०५ दिन डीपीआर तयार पार्नेछ ।
यसअघि भारतीय कम्पनी आइएल एण्ड एफएसले डीपीआर तयार गरेको थियो । तर, नेपाली सेनाले खरिद गर्न खोज्दा मूल्यका विषयमा सहमति नभएपछि अर्काे परामर्शदाता छनोट भएको हो ।
प्रचण्ड नेतृत्वको सरकारले द्रुतमार्ग बनाउने जिम्मा नेपाली सेनालाई दिएको थियो । सेनाले जिम्मा पाएको १३ महिनापछि सेनाले डीपीआर बनाउन सहमति भएको छ ।
एसियाली विकास बैंकले २००८ मा तयार गरेको सम्भाव्यता अध्ययन प्रतिवेदनलाई आधार मानेरसेनाले निर्माणसम्बन्धी आधारभूत र प्रारम्भिक कार्य गर्दै आएको छ । सडक निर्माण गर्ने क्रममा आवश्यक पर्ने ९० प्रतिशत जग्गा अधिग्रहण र द्रुतमार्ग क्षेत्रमा पर्ने २० हजारको संख्यामा रुख कटान भइसकेको छ ।
प्रतिक्रिया 4