+
+
Shares

बंगबन्धु गोल्डकप : पेनाल्टीबाट ताजकिस्तानले लियो नेपालविरुद्ध अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १६ गते १८:५२

१६ असोज, काठमाडौं । बंगबन्धु गोल्डकपमा ताजिकिस्तानले नेपालविरुद्ध अग्रता लिएको छ ।

खेलको २६ औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ताजिकिस्तानले नेपालविरुद्ध १-० गोलको अग्रता बनाएको हो । नेपालका डिफेन्डर अनन्त तामाङले डिबक्सभित्र ताजिकिस्तानका खेलाडीलाई फल गरेपछि पेनाल्टी पाएको थियो । १-० गोलले पछि परेको नेपाल दबाबमा परेको छ ।

खेलको दोस्रो मिनेटमा नै विकेश कुथुले उत्कृष्ट बचाउ गर्दै नेपाललाई गोल खानबाट जोगाएका थिए ।

खेलको १४ औं मिनेटमा सुनिल बलले प्रहार गरेको कर्नर निराजन खड्काले गरेको हेड बल पोष्ट नजिकैबाट बाहिरिए पनि नेपाल अग्रता बनाउन चुकेको थियो । खेलको २० औं मिनेटमा ताजिकिस्तानले गरेको प्रहार विकेश कुथुले उत्कृष्ट बचाउ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?