Comments Add Comment

प्रियंकापछि आयुष्मानले खोपे ‘आयांक’ नामको ट्याटु

नायिका प्रियंका कार्कीले आफ्ना प्रेमी नायक आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट भएपछि आफ्नो अर्धनमा ट्याटु बनाइन् । प्रियंका र आयुष्मानको नाम मिलाएर बनाइएको ‘आयांक’ नाममा उनले ट्याटु खोपेकी थिइन् ।

अब, नायक आयुष्मान देशराज जोशीले पनि ट्याटु खोपेका छन् । आयुष्मानले ‘आयांक’ नामको ट्याटु आफ्नो छाती भन्दा थोरै तल खोपेका छन् ।

मंगलबार आयोजना भएको एक कार्यक्रममा ट्याटु शो गर्दै गर्दा यी दुबै लजाए । चलचित्र ‘कथा काठमाण्डु’ हेरेर निस्कदै गर्दा एकले अर्काको कामको प्रशंसा गरेका उनीहरुले ट्याटु शो गरेका हुन् ।

चलचित्र क्षेत्रमा यी दुइको भेट धेरै पहिले भएपनि ‘कथा काठमाण्डु’बाट उनीहरु प्रेममा परेका हुन् । अर्को बर्ष उनीहरुले बिहे गर्ने बताएका छन् ।

तस्वीरः आर्यन बिमली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment