Comments Add Comment

अन्ततः अनुप जलोटा र जसलिनको ब्रेकअप

आखिर यो अनमेल सम्वन्ध धेरै दिन टिकेन । ६५ वषिर्य भजन गायक अनुप जलोटाले नातिनी उमेरकी मोडल जसलिन मथारुसित ‘ब्रेकअप’ घोषणा गरेका छन् ।

भारतीय टेलिभिजनको रियालिटी शोमा जोडीका रुपमा प्रवेश गरेपछि उनीहरु चर्चामा आएका थिए । आफूहरु तीन वर्षदेखि प्रेम सम्वन्धमा उनीहरुको दावी थियो । यसलाई कतिपयले पत्याए, भने कतिपयले चाहिँ ‘स्त्रिmप्टेड’ भएको आशंका गरे । टीआरपी बढाउनका लागि बिग बोसले यस्तो फन्डा नगर्ने होइन ।

तर, बिग बोसमा आएको दुई हप्तामै उनीहरुको सम्वन्ध टुटेको सञ्चारमाध्यमहरुले जनाएका छन् । उक्त शोमा जससिनलाई एउटा टास्क दिइएको थियो । जुन टास्क पुरा गरेमा उनका व्वाइफ्रेन्ड अनुप नोमिनेसनमा पर्न सक्थे । टास्क थियो, आफ्नो कपाल, मेकअप र कपडा उतार्नुपर्ने । जुन जसलिनले गर्न मानिन् । यही निहुमा अनुप रिसाए ।

‘आफ्नो लागि यति पनि गर्न नसकेको’ भन्दै उनले जसलिनसित ब्रेकअपको घोषणा गरेका थिए । तर, यो पनि एउटा फन्डा नै हो कि भन्ने आशंका कतिपयको छ ।

तर, फन्डा वा यथार्थ जे भए पनि यसबाट जसलिनका बुवा केशर मथारु भने खुब खुशी भएका छन् । एक वृद्ध गायकसँग छोरीको अफेयरको खबर सार्वजनिक भएपछि उन अिाक्रोशित बनिरहेका थिए । उनले छोरीलाई सम्झाउने भन्दै बिग बोसको घरमा प्रवेश गर्ने पनि प्रयास गरेका थिए, तर अनुमति पाएनन् ।

ब्रेकपअपको चर्चापछि उनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘जे भयो राम्रो भयो । हामी उनलाईं ज्वाईंका रुपमा कुनै हालतमा स्वीकार्ने थिएनौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment