Comments Add Comment

तस्करीको काइदाः कम्बरमा ५ किलो सुन बोकेर बसमा सरर

१७ असोज, काठमाडौं । तस्करीको ५ किलो सुन बोकेर काठमाडौं प्रवेश गरेका एक युवक पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंको एम्बुस टोलीले बालाजुको तीनपिप्लेबाट शोबहादुर तामाङलाई पक्राउ परेको हो ।

१८ वर्षका बहादुर रसुवा गोसाइकुण्ड थमान ९ का हुन् । रसुवा नाकाबाट काठमाडौंसम्म सुन पुर्‍याउने जिम्मा दिएका उनले कम्मरमा सुन बोकेका थिए ।

पछिल्लो समय मोटरसाइकल र निजी गाडीमा चेकजाँच बढाएपछि उनी सार्वजनिक बस चढेर आएका थिए । तर, प्रहरीको एम्बुस टोलीमा परेका छन् ।

उनले विच्याटमा डिल गरेका थिए । एक केजी बराबर ५० हजार र एक वर्षको कलेज शुल्क तिर्ने सहमतिपछि उनी सुन बोकेर काठमाडौं आएको खुलेको छ ।

उनले सुन कसलाई बुझाउन लागेका थिए भन्ने खुलेन । उनीसँगै सुराकी आएको र बहादुर पक्राउ पर्नासाथ सबै सम्पर्क टुटेको देखिएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment