Comments Add Comment

काठमाडौंमा टिपरलाई छुट दिएकै दिन दुर्घटना

१८ असोज, काठमाडौं । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको छ । तर, निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।

साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरले साँगा चोकमै टिपर रोक्ने गरेको थियो ।

तर, बुधबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले यो समय दुई घन्टा घटायो ।

विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भयो । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै यो निर्णय गरिएको हो ।

भक्तपुर जिल्ला प्रशासनले पनि चार दिन अघि टिपरलाई साँगा चोकको साटो सल्लाघारीमा रोक्ने निर्णय गरेको छ ।

काठमाडौं र भक्तपुर प्रशासनले टिपर सञ्चालनको व्यवस्था परिवर्तन गरेलगत्तै दुर्घटना भएको छ ।

बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका हुन् । उनीहरुको सनाखत भइसकेको छैन ।

घटनापछि आक्रोशित भीडले टिपरमाथि आगजनी गरेको छ भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि तनाव कायमै छ ।

यो पनि पढ्नुहोस टिपरले मोटरसाइकललाई ठक्कर दिएपछि सूर्यविनायक तनावग्रस्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment