1. ताजा अपडेट
Comments Add Comment
Krishna
२०७५ असार ३२ गते ११:००
Tripper matrai hoina sabai vehicle ramro sanga nachalaunelai turunta pakrera on the spot karbahi garnu parxa.Tripper bebasayeelai pani garikhana dinu parxa. manxe tripperle matra marne hoina, junsukai vehiclele marxa. Dosh tripperko hoina driverko carelessness ho.
Sunita Sapkota
२०७५ असार २८ गते ११:२५
sab bhnada pahila niyam bananu paryo ra niyam banayera matra haina teslai karyanban pani huna paryo ra triper chalaune manche lai chetana mulak program marfat uniharu lai sachet garaunun paryo jaba samma driver haru aafai sachet hunnann taba samma kehi hunewala chhaina.
Nepali
२०७५ असार २८ गते ८:२१
चलाउदा राम्रेासँग चलाए त दिउसेा जतिबेला पनि चलाय भयेा कुरा प्रबृतिकेा गरैाँ । मनपरि चलाउन भएन । खै के खै के । चालकलाइ पाठ सिकाउन जरूरी छ ।
Ravi
२०७५ असार २८ गते ७:५७
A big salute to our Home Ministry for taking such a nice move. Indeed to some extent, tripper road rash will be controlled but this is not the final solution. Tripper drivers must be checked thoroughly by traffic policemen for driving under influence (alcohol/ drugs) or without acquiring driving licence and a strict law should be formulated for every heavy vehicle drivers that any minor accident caused should be heavily penalized and a good jail term slapped to them as we have a tendency of bullying the smaller vehicles. Anyways, from the bottom of my heart, I heartily welcome this decision made by the Govt.
cron ctp bhai
२०७५ असार २७ गते १८:४६
aba jhan badhi durghatana huna pani sakxa sarkar kin vane rati jhan kasaile dekhna ra samauna paudaina rati pani ta bike gadi kudi raheka hunxa euta paidal yatri hudainan yatti matra ho
केशब
२०७५ असार २७ गते १८:३७
ट्रिपरलार्इ दिउसाे सडकमा राेक लगाउनु अल्पकालिन समाधान मात्र हाे, दिर्घकालिन समाधान हैन । जबसम्म सडक राम्राे हुन्न, जबसम्म ट्राफिक ज्ञान चालकलार्इ हुन्न, जबसम्म ट्राफिक नियम पुर्णरूपमा लागू गराउन सकिन्न, जबसम्म ठूला सवारीचालक अनुभवी, याेग्य हुँदैनन् । तबसम्म राती पनि दुर्घटना नहुने हैन । अहिले ट्रिपर चलाउने चालककाे अाेठ निचाेर्दा दुध निस्कने (कम उमेर) छन् । अब रातीमात्र चलाउने नियम भएपछि ७ बजे नै घर भित्र नछिरे ट्रिपर (काल)ले कुन चैं अध्यारामा पेल्देला भन्नै नसकिने भाे, दिउसाे त दुर्घटना भइहालेमा उद्दार हुने संभावना बढि हुन्छ । राती कसले देख्ला र ? दिउसाे धुलाे र हिलाे काल बनेकाे काठमाडाैं बाबसीलार्इ राती टिपर काल बन्ने भाे ।
Heman Kafle
२०७५ असार २७ गते १८:१९
उपत्यकामा मात्र हैन देश भरि नै दिउँसो ट्रिपर चलाउन रोक लगाउनु पर्छ .राति 9 बजेदेखि बिहान ५ बजे सम्म गर्दा राम्रो । ९ बजेसम्म त बाटोमा धेरै सवारी साधनहरु गुडेको हुन्छ । ट्रिपर मात्र होइन, बालुवा, गिटी र ईट्टा बोक्ने गाडीलाई पनि राती मात्र चलाउन दिनु पर्छ ।
Mohan
२०७५ असार २७ गते १७:५९
उपत्यकामा मात्र हैन देश भरि नै दिउँसो ट्रिपर चलाउन रोक लगाउनु पर्छ
Raju
२०७५ असार २७ गते १७:५४
Teso bhane pachi aba tripper harulai rati 8 baje pachi manche marna chhut. Rati 8 baje pachi bike chalaunai darr lagne bho ta. Tripper harule rati matra dherai tip garnu parne awastha le ajai betod le kudaune ra accident badne sambhabna huncha ki hudaina? Niyam kaanoon baru baliyo banauda kaso hola. Jyanmara driver, back garera janajan marne harulai life sentence, aja mirtyudanda dida jann ramro. Eso gare sabai jyanmara driver haru taha lauthe ki.
Surendra Duwa
२०७५ असार २७ गते १७:४७
राति १० बजेदेखि बिहान ५ बजे सम्म गर्दा राम्रो । ९ बजेसम्म त बाटोमा धेरै सवारी साधनहरु गुडेको हुन्छ । ट्रिपर मात्र होइन, बालुवा, गिटी र ईट्टा बोक्ने गाडीलाई पनि राती मात्र चलाउन दिनु पर्छ ।
संदेश राई
२०७५ असार २७ गते १७:३७
एकदम राम्रो कदम !!! अझै पनि ट्रीपरले मान्छे मार्यो भने ट्रीपर चालकलाई ट्रीपरकै चक्कामा बाँधेर जिउदै आगो लगाउ, ट्रीपरको आतंक आफै बन्द हुन्छ |

उपत्यकामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने


२७ असार, काठमाडौं । उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो ।

अब राति ८ बजेदेखि बिहानसम्म मात्रै ट्रिपर सञ्चालन हुनेछन् । गृहमन्त्री रामबहादुर थापाका प्रेस संयोजक किरण भट्टराईले गृहले यो नियम तत्काल कार्यान्वय गर्ने गरी निर्देशन दिएको अनलाइनखबरलाई बताए ।

‘बिहान ५ बजेसम्म मात्रै चलाउन दिने वा ७ बजेसम्म भन्ने विषयमा चाहिँ छलफल भइरहेकै छ’, उनले भने ।

गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी अाउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका  १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको थियो ।

यो पनि पढ्नुस् 

रोकिएन ट्रिपर आतंक, ट्राफिकका हाकिम भन्छन्– राति मात्र गुड्न दिऊँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment