+
+
Shares

बर्थ डेमा परमितालाई प्रेमीले लगाइदिए औठी

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १८ गते १४:०५

आफ्नो २५ औं जन्मदिन मनाउने क्रममा नायिका परमिता आरएल राणाले विशेष उपहार पाइन् । परमिता नायक आयुष्मान देशराज जोशीसगको ब्रेकअपपछि हिसी लोसांगको प्रेममा छिन् ।

उनले सामाजिक संजालबाट नै हिसीसँगको प्रेमलाई सार्वजनिक गरेकी हुन् । आफ्नो जन्मदिन मनाउने क्रममा परमिता राजकुमारी जस्तै बनेकी थिइन् । केक काट्नु अगाडि उनका साथीहरुले हुटिङ गरिरहेका थिए । सोही समयमा प्रेमी हिसी उनको नजिकै आएर औला तान्छन् र रिङ लगाइदिन्छन् ।

हिसीले रिङ लगाइदिदै गर्दा परमिता भावूक बनेकी थिइन् । उनले, आफ्नो खुशी व्यक्त गर्न नै सकिनन् । परमितालाई प्रेमीले रिङ लगाइदिएपछि यसलाई उनीहरुको इन्गेजमेन्ट भएको भनेर पनि हेरिएको छ । तर, यसबिषयमा परमितासग वुझ्न खोज्दा उनीसग फोन सम्पर्क हुन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?