१८ असोज, काठमाडौं । फुटबलमा रेफ्रीले गरेको हेडिङ गोलले धेरैलाई अचम्ममा पारेको छ । रसियाको एलएफएल ड्यागेस्टनको दोस्रो चरणको किज डीडी र मनासबीचको खेलमा रेफ्री ले नै हेडिङ गोल गरेका हुन् ।
रेफ्रीले त्यस्तो गोल जानीजानी गरेका भने थिएनन् । मनासले खेलको ४३ औं मिनेटमा पेनाल्टी पाएको थियो । जसमा अलि जापारोभले प्रहार गरेको पेनाल्टी किजका गोलकिपरले बचाएका थिए, उनले रोकेको बल रेफ्रीको टाउकोमा ठोकिएर गोल भएको थियो ।
गोलको विरुद्ध किजका खेलाडीले विरोध जनाए पनि रेफ्रीलाई लागेको बल ‘प्ले अन’ हुने भएकाले उक्त गोल मनासको खेलाडीकै नाममा दिइएको थियो । खेल ४-४ को बराबरीमा सकिएको थियो ।
रेफ्रीले गरेको उक्त गोलको भिडियो अहिले भाइरल बनेको छ ।
हेर्नुहोस् भिडियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4