+
+
Shares

अमेरिकी डलरको भाउ ११८ नाघ्यो

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १९ गते ११:२२

१९ असोज, काठमाडौं । अमेरिकी डलर झन् झन् बलियो बन्दै गएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलर बराबर १ सय १८ रुपैयाँ ०३ पैसा विक्रीदर तोकेको छ । यो हालसम्मकै उच्च हो । अमेरिकी डलर शक्तिशाली बन्दा भारतीय रुपैयाँ भने कमजोर बन्दै गएको छ ।

भारतीय रुपैयाँ र नेपाली रुपैयाँबीचको विनिमय दरका कारण अमेरिकी डलर वलियो बन्दा यसको असर नेपाललाई समेत प्रत्यक्ष रुपमा पर्ने गरेको छ । नेपाली रुपैयाँ कमजोर बन्दा मुलुकको अर्थतन्त्रमा नकरात्मक असर पर्ने अर्थविद्हरु बताउँछन् । यद्यपि, रेमिट्यान्स आप्रवाहमा भने यसले सकारात्मक असर गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?