Comments Add Comment

श्रीमान्-श्रीमतीको सामान्य ठाकठुकले दाम्पत्य जीवन थप कसिलो !

हाम्रो समाजमा प्रचलित भनाई छ, ‘बुढाबुढीको झगडा, परालको आगो ।’

श्रीमान् र श्रीमतीबीच सामान्य भनाभन हुन्छ । मनमुटाव हुन्छ । नोकझोंक हुन्छ । ठाकठुक पर्छ । घर-व्यवहार चलाउने क्रममा दुबैको मत नमिल्न सक्छ । यस्तो अवस्थामा हुने सानोतिनो झगडालाई सामान्य र स्वभाविक मानिन्छ । रमाइलो त के भने, श्रीमान्-श्रीमतीबीच हुने ठाकठुकले उनीहरुको सम्बन्ध थप प्रगाढ हुन्छ ।

किनभने श्रीमान्-श्रीमतीबीच जब पारिवारिक विषयलाई लिएर संवाद हुन्छ, आपसमा छलफल हुन्छ, तब न ठोस र सही निष्कर्ष आउँछ ।

कुनैपनि कुरालाई सकारात्मक वा नकारात्मक पाटोबाट हेर्न सकिन्छ । श्रीमान्-श्रीमतीबीच हुने ठाकठुक वा सामान्य झगडाको पनि केही सकारात्मक पाटो छन् ।

अमेरिकी लेखक तथा शोधकर्ता जोसफ ग्रेनीको एक शोधले पनि यस्तै निष्कर्ष निकालेको छ । उनको शोधमा उल्लेख छ, सानो सानो झगडाले सम्बन्धमा आत्मियता र विश्वास बढाउँछ ।

दाम्पत्य सम्बन्ध वा प्रेमसम्बन्धमा हुने बहसले सम्बन्ध स्वस्थ र परिपक्वता तर्फ बढिरहेको छ भन्ने कुरालाई संकेत गर्छ । तर, यो झगडा सही तरिकाले हुनुपर्छ । भन्नुको मतलब यो हो कि सानो तिनो ठाकठुक परेपनि आफ्नो पार्टनरलाई सम्मान गर्दै आफ्नो असन्तुष्टि वा रिस व्यक्त गर्नुपर्छ ।

अनावश्यक कुरामा गरिएको विवाद भने उचित टुंगोमा पुग्दैन । त्यसले थप कलहको रुप लिन्छ । यस्तो अवस्थामा विवाद गर्नुहुन्न र एक जना रिसाएको छ भने अर्कोले उसलाई फकाउने प्रयत्न गर्नुपर्छ । सानो तिनो झगडालाई ठूलो रुपमा सोच्नुहुन्न र पहिलेको कुरा कोट्याइराख्नु हुन्न ।

सकरात्मक चीजलाई नभुल्नुहोस्

हरेक सम्बन्धमा लडाई झगडाको राम्रो हिस्सा हुन्छ । सुरुमा पतिपत्नी दुवै एक अर्काको अनुकुल आफैलाई बदल्ने कोसिस गर्छन् । तर समयबित्दै जाँदा दुवैलाई या एक सीमा पछि आफूलाई बदल्न सकिँदैन भन्ने महसुस हुन्छ ।

लामो समयसम्म सँगै रहदा केही केही कुरामा असहमति हुने त पक्का छ । तर, समयसँगै श्रीमानश्रीमतीले एक अर्काको रुची, बानीब्यहोरा सबै थाहा पाइसकेका हुन्छन् । यस्तोमा एक अर्कालाई सम्मान र एक अर्काको कुरा सुन्ने गरेमा ठाकठुक खासै पर्दैन । एक अर्काको नकरात्मक पक्षमात्रै कोट्याउने गर्नाले झगडा हुन सक्छ ।

एक अर्कालाई सम्मान गर्ने र अस्तित्व स्वीकार गर्नाले सानो तिनो झगडा भएपनि केहि समयमै दुवैलाई आफ्नो गल्ती महसुस हुन्छ र प्रेम झनै बढ्छ । झगडा भएपनि आफ्नो पार्टनरको सकरात्मक पक्षलाई कहिल्यै भुल्न हुँदैन ।

आफ्नो जिम्मेवारी बुझ्ने

धेरै दम्पतीहरुमा झगडा हुने प्रमुख कारण आफ्नो जिम्मेवारीको ख्याल नगर्नाले पनि हो । यदि कुनै कामको लागि एक अर्कालाई बारम्बार भनिरहनुपर्यो भने रिस उठ्छ र झगडा त हुन्छ नै ।

त्यसैले यस्तो झगडा भै हाल्यो भने आफ्नो गल्ती कमजोरी स्विकारेर आफ्नो जिम्मेवारी बहन गर्नुपर्छ ताकी अर्कोपटक यसै विषयमा झगडा नहोस् । सानोतिनो झगडामा रिसाएर सामान यताउता मिल्काउने, गाली गर्ने जस्ता व्यवहार कहिल्यै देखाउनहुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment