Comments Add Comment

देश दौडाहामा रहेका विवेकशीलका नेता कर्णालीमा

१९ असोज, काठमाडौं । गत संसदीय निर्वाचनमा राष्ट्रिय पार्टी बन्न चुकेको विवेकशील साझा पार्टी अहिले देश दौडाहामा निस्किएको छ । पार्टीले दशैँअघि सुदूरपश्चिम प्रदेश, कर्णालीमा प्रदेश र प्रदेश ५ मा सभाहरु गर्नेछ ।

संयोजकद्वय रवीन्द्र मिश्र र उज्ज्वल थापासहित पार्टीका शीर्ष नेताहरु यतिबेला सुदरपश्चिम प्रदेशमा छन् । उनीहरुले सो प्रदेशका पार्टी सदस्य तथा नेताहरुलाई प्रशिक्षण दिए ।

प्रशिक्षणमा करिब ६ सय जना सहभागी थिए । सोही क्रममा दर्जनौं व्यक्तिहरुले पार्टीको सदस्यता लिएको केन्द्रीय सदस्य मिलन पाण्डेले जनाएका छन् ।

पार्टी नेतृत्वले उक्त प्रदेशका बुद्धिजीवी र नागरिक समूहलाई पनि भेटेको थियो । भने पत्रकारहरूसँग अन्तरक्रिया पनि गरेको थियो ।

सुदूरपश्चिमको कार्यक्रम सकेर नेताहरु कर्णाली प्रदेशतिर निस्केका छन् । कर्णाली प्रदेशले सुर्खेतको पिपल चौतारामा आजै आमसभा आयोजना गर्दैछ ।

अहिले विवेकशील साझा पार्टी ९० दिने सङ्गठन विस्तार अभियानमा रहेको छ । सुदूरपश्चिम प्रदेशलाई गोपाल हमाल, कर्णाली प्रदेशलाई गेहेन्द्र दाहाल र प्रदेश ५ लाई अनुपमान सैंजुले नेतृत्व गर्दै छन् । पार्टीले प्रदेश १ र २ बाहेक अन्य प्रदेशमा प्रदेश संयोजक तोकिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment