Comments Add Comment

प्रदेश ५ का सबै जिल्लामा नेकपाको कार्यदल गठन, कुन जिल्लामा को को ?

१९,असोज बुटवल । नेपाल कम्युनिस्ट पार्टीले प्रदेश ५ का जिल्लामा पार्टी गतिविधि सञ्चालनका लागि कार्यदल गठन गरेको छ ।

नेकपा प्रदेश कमिटीको पहिलो बैठकले जिल्ला मातहतका पार्टी कमिटीहरुको एकता प्रक्रियालाई केन्द्रको निर्देशनअनुसार सम्पादन गरी प्रदेश कमिटी सिफारिस गर्न प्रदेश अन्तर्गतका जिल्लाहरुमा कार्यदल बनाएको छ ।

कुन जिल्लाको कार्यदलमा को को ?

रुपन्देहीमा गोपाल भट्टराई, निर्मल जिसी, शिवराज सुवेदी र अनुप बराल रहेको कार्यदल गठन गरिएको छ । पाल्पामा नारायण आचार्य, नेत्र पाण्डे, राधाकृष्ण कँडेल र राजेन्द्र विश्वकर्मा रहेका छन् ।

गुल्मीमा बालसिंह काउछा, वीरबहादुर कार्की, वुद्धि जिसी र मधुकृष्ण पन्त रहेको कार्यदल गठन गरिएको छ ।

त्यस्तैगरी अर्घाखाँचीमा चेतनारायण आचार्य, छमकुमारी खनाल, जनार्दन खनाल र तेजबहादुर रायमाझी रहेको कार्यदल गठन भएको छ भने पश्चिम नवलपरासीमा घनश्याम यादव, तुल्सी पासी, थानप्रसाद गैरे र सीता बौडेल रहेका छन् ।

कपिलवस्तुमा झविलाल पोखरेल, डम्मर शर्मा, भानुप्रकाश श्रेष्ठ र रामचन्द्र शाह रहेको कार्यदल गठन गरिएको छ । दाङमा टीकाराम खड्का, तुल्सीराम पुन, रामजी चौधरी र शिवकुमार आचार्य रहेको कार्यदल गठन भएको छ ।

त्यस्तैगरी पुर्वी रुकुममा मेघबहादुर श्रेष्ठ, टोपबहादुर वली,सतमान पुन र होमप्रसाद श्रेष्ठ रहेको कार्यदल गठन भएको छ भने रोल्पामा आशबहादुर पुन, कुमार दसौंधी, सुरेन्द्र घर्ती र हरिप्रसाद घर्ती रहेको कार्यदल गठन गरिएको छ ।

प्युठानमा कृष्ण अधिकारी, तुल्सीराम शर्मा, धनबहादुर रायमाझी र नारायण अधिकारी रहेको कार्यदल गठन भएको छ भने बाँकेमा अक्कलबहादुर वम, अशोक कोइराला, गोपाल गिरी र प्रकाश सुवेदी सम्मिलीत कार्यदल गठन गरिएको छ ।

बर्दियामा पूर्ण शर्मा, भुवनकुमार थारु, लक्ष्मीप्रसाद शर्मा र हरि ज्ञवाली रहेको पार्टी एकता सिफारिस कार्यदल गठन गरिएको शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘कांग्रेेसको आन्तरिक विवाद सरकारविरुद्ध संघर्षमा डाइभर्ट’

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कांग्रेसले आफ्नो आन्तरिक विवादलाई सरकारविरोधी संघर्षमा रुपान्तरण गर्न खोजेको आरोप लगाएका छन् । सत्तारुढ दल नेकपाको प्रदेश ५ इन्चार्जसमेत रहेका उनले कांग्रेस नेतृत्वले सरकारबिरुद्धमा जनतामा भ्रम पैदा गरेको आरोप लगाए ।

शुक्रबार नेकपा प्रदेश कमिटीको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले जनताहरुको असन्तुष्टिभित्र खेलेर कांग्रेस नेतृत्वले आफ्नो आन्तरिक विवादलाई सरकारविरोधी संघर्षमा डाइभर्ट गर्न खोजेको बताएका हुन् ।

सरकारको विरोधलाई राम्रो काम गर्ने प्रयास गर्दाको विरोध भएको दावी गर्दै उनले मुलुकमा अस्थिरता फैलाउने तत्वले नियोजित रुपमा सरकारविरोधी गतिविधि गरेको दावी गरे । पार्टीको नेतृत्व पंक्तिमा हाल देखा परेको विवाद व्यवस्थापनको सीमा भन्दा बाहिर नगएको बताउदै उनले निकट भविष्यमै विवाद व्यवस्थापन हुने विश्वास व्यक्त गरे ।

नेकपा ५ नम्बर प्रदेश कमिटी अध्यक्ष ओनसरी घर्तीले वाम गठवन्धन सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताउदै जनताले छिट्टै परिवर्तनको अनुभूति गर्न पाउने विश्वास व्यक्त गरीन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment