Comments Add Comment

शशांक कोइराला भन्छन् : पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन गर्नुपर्छ

१९ असोज, विराटनगर । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेतृत्व तह असफल भएका कारण पार्टी कमजोर बनेको बताएका छन् । उनले पार्टीलाई बलियो बनाउन नेतृत्व परिर्वतन आवश्यक रहेकोमा जोड दिए ।

नेपाल निजामती कर्मचारी युनियन (संघ) प्रदेश नं. १ स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको शुक्रबार बिराटनगरमा उद्घाटन गर्दै मन्त्री कोइरालाले भने, ‘सभापति शेरबहादुर देउबालाई आगामी अधिवेशनबाट पार्टीको नेतृत्व परिर्वतन गर्न भनेका छौं । तर, उहाँले मान्नु भएको छैन् पार्टीलाई बलियो बनाउने हो भने अहिलेको नेतृत्व परिवतर्न आवश्य छ ।’

महामन्त्री कोइरालाले अबको नेतृत्व सबैलाई साथमा लिएर हिडने सक्ने,पार्टी भित्रको अन्तर बिरोध र गुटगत राजनीति भन्दा माथि उठाउने नेतृत्वको आवश्य रहेको बताए ।

गएको चुनावमा पनि पार्टी नेतृत्वमा गुटगत राजनीति हावी हुँदा पार्टीले पराजय व्यहोरेको महामन्त्री कोइरालालको भनाइ छ । उनले पार्टी नेतृत्व सक्षम नहुँदा पार्टी भित्रकै अन्तर बिरोधका कारण कांग्रेस कमजोर भएको बताए ।

उनले वर्तमान सरकारले राष्ट्रसेवक कर्मचारीको अधिकार कटौती गर्न खोजेको भन्दै त्यसको बिरुद्धमा कांग्रेस उभिने जानकारी दिए ।

दुई दिने प्रशिक्षण कार्यक्रममा प्रदेश १ अन्तर्गत १४ जिल्लाका करिब १५० कर्मचारीहरुको सहभागिता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment