Comments Add Comment

त्रिविको ट्रान्सकिप्ट २४ घण्टाभित्र उपलब्ध गराउन माग

१९ भदौ, काठमाडौं । अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय क्याम्पस कमिटीले २४ घण्टाभित्र विद्यार्थीले ट्रान्सकिप्ट पाउने व्यवस्था गर्न परीक्षा नियन्त्रण कार्यालयसँग माग गरेको छ ।

आइतबार परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाउँदै कमिटीले सम्बन्धित क्याम्पसबाटै २४ घण्टाभित्र ट्रान्सकिप्ट पाउने व्यवस्था गर्न माग गरेको हो ।

त्यस्तै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्ने प्राइभेट परीक्षा बन्द हुँदा धेरै विद्यार्थी डिग्री हासिल गर्नबाट वञ्चित भएको भन्दै अनेरास्ववियु विश्वविद्यालय क्याम्पस कमिटीले तत्काल फारम खुला गर्न माग गरेको छ ।

त्यसैगरी त्रिविको परीक्षा केन्द्र निजी क्याम्पसमा राखेर ठूलो आर्थिक चलखेल भएको भन्दै आंगिक र सामुदायिक क्याम्पसमा मात्र परीक्षा केन्द्र राख्न माग गरिएको छ । विद्यार्थीमाथि अभद्र व्यवहार बन्द गर्न, नतिजा प्रकाशनमा ढिलासुस्ती नगर्न पनि अनेरास्ववियुको विश्वविद्यालय क्याम्पस इकाइले माग गरेको छ ।

२०५० सालदेखि विभिन्न कारणबाट परीक्षामा उतीर्ण नभएका विद्यार्थीलाई मौका परीक्षाको व्यवस्था गर्न पनि माग गरिएको कमिटीका अध्यक्ष मदन विष्टले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment