+
+
Shares

धनगढीमा सुरु भयो महिलाका लागि आत्मरक्षा तालिम

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २० गते १६:०६

२० असोज, कैलाली । बलात्कार तथा महिला हिंसाका घटना बढेपछि धनगढीमा आत्मरक्षा तालिम सुरु भएको छ ।

आत्मरक्षासम्बन्धी सात दिने तालिमको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् । आधा आकाश र धर्ती ओगटेका महिलाहरु घर र समाजबाट उपेक्षित रहेको भन्दै महिलाहरुलाई आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सन्देश दिनका लागि सुदूरपश्चिम प्रदेशमा रहेका सबै जिल्लाहरुमा विद्यालय स्तरदेखि तालिमको ज्ञान दिन रहेको बताए ।

तालिममा एक हजार महिला सहभागी रहेको राष्ट्रिय गोजुरियो कराते दो संघकामहासचिव प्रकाश चन्दले जानकारी दिए । तालिम पश्चात सहभागी मध्येबाट उत्कृष्ट सय जनालाई प्रशिक्षकको रूपमा छनोट गरिनेछ र उनीहरूलाई स्थानीय तहमा शिविर सञ्चालनका लागि परिचालन गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?