Comments Add Comment

जुम्लालाई अन्तराष्ट्रिय व्यापार केन्द्र बनाउँछौं: मुख्यमन्त्री शाही

२० असोज, जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जुम्लालाई अन्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गरिने बताएका छन् ।

जिल्ला समन्वय समिति जुम्लाको आयोजनामा शनिबार सदरमुकाम खलंगामा भएको स्थानीय जनप्रतिनिधिहरुसँग अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री शाहीले विगतमा पनि जुम्ला व्यापारिक केन्द्र रहेको स्मरण गरे । ‘कणर्ालीको केन्द्रमा रहेको जुम्लाले विगतमा पनि भोट र ईण्डीयासँग व्यापार गथ्र्यो’ उनले भने, ‘जुम्लाको व्यापारले गर्दा हिजोका दिनमा कर्णाली उत्पादन र अर्थतन्त्रमा आत्मानिर्भर थियो ।’

चीन र भारत जोडने द्रुतमार्ग निर्माण गरेर जुम्लालाई अन्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गर्न सकिने उनको दाबी छ ।

मुख्यमन्त्री शाहीले तीनै तहका सरकारबीच आपसी समन्वयमा मात्रै संघीयतालाई सफल वनाउन सकिने धारणा राखे । संघीयताविरुद्ध प्रतिगामी शक्तिहरुले विभिन्न भ्रम श्रृजना गर्ने गरेको भन्दै नले स्थानीय तहका सरकारहरु सचेत हुनुपर्ने बताए ।

कर्णालीको विकासका लागि प्रदेश सरकार स्थानीय तहसंग हातेमालो गरेर अगाडि वढन चाहेको मुख्यमन्त्री शाहीले बताए ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले स्थानीय तहलाई आवश्यक कानुन छिटै तर्जुमा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment