Comments Add Comment

प्रहरी वृत्त, बौद्धका प्रमुख डिएसपी राई घुससहित पक्राउ

२० असोज, काठमाडौं । महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राई घुससहित रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार उनलाई पक्राउ गरेको हो ।

सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । यद्यपि, कति रकमसहित पक्राउ गरिएको हो भन्ने बारेमा विवरण आइनसकेको उनले बताए ।

उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर अातंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको अाडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।

प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । अन्ततः उनी अख्तियारको फन्दामा परेका छन् ।

गएराति पनि मुलपानीमा उनको संरक्षणमा चल्दै अाएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment