Comments Add Comment

‘इन्टु मिन्टु लण्डनमा’बाट उदाइन् त रेनशा ?

खडेरी लागेको चलचित्रको व्यापरमा भदौ र असोजमा रिलिज भएका एकाध चलचित्रले थोरै भएपनि राहत दिने काम गरे । चलचित्र ‘नाई नभन्नु ल ५, रामकहानी, इन्टु मिन्टु लण्डनमा’को व्यापारले सुस्ताएको चलचित्र क्षेत्र चलमलाउने अवस्थामा पुग्यो ।

चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ले चलचित्र क्षेत्रलाई चलायमान बनाइरहँदा एक नयाँ निर्देशकको जन्म भयो, रेनशा वान्तवा राई । चलचित्रको गीतमा मात्र कोरियोग्राफी गरेर चर्चा कमाएकी रेनशाले ‘इन्टु मिन्टु लण्डनमा’बाट आफूलाई निर्देशनमा डेब्यू मात्र गराइनन्, धेरै आशा र केही निराशा छाडिदिएकी छिन् ।

रेनशा वान्तवा राइको निर्देशकिय पक्षलाई अहिले नै तारिफ गरिहाल्न सकिदैन । तर, उनले चलचित्रको मेकिङलाई गुणस्तरिय बनाउन सकिन्छ भनेर मिहिनेत भने गरेकी नै हुन् । चलचित्र भन्ने शैलीमा उनी चुकेकी छिन्, संभवत अब दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’मा उनले त्यो कमजोरी पनि सच्याउने छिन् ।

घरेलु बक्स अफिसबाट ‘इन्टु मिन्टु लण्डनमा’ले लगानी त नउठाउला, तर यसको व्यापारलाई कमजोर भन्न मिल्दैन । थोरै महिला निर्देशक भएको चलचित्र क्षेत्रमा रेनशाको उपस्थितीलाई सशक्त मान्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment