+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

सरकारी जागिरे मोनिका बनिन् पहिलो मिस फारवेस्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १३:३५

२१ असोज, कैलाली । शनिबार राति सम्पन्न ‘मिस फारवेस्ट-२०१८’ को उपाधि धनगढीकी मोनिका गुरुङले जितेकी छन् ।

शनिबार राति धनगढीको टेम्पल रिसोर्टमा भएको फाइनल प्रतियोगितामा २६ प्रतिस्पर्धीलाई पछि पार्दै सरकारी जागिरेसमेत रहेकी २३ वर्षकी गुरुङले उपाधि जितेकी हुन ।

उनी सव इन्जिनियर पदमा सिञ्चाई डिभिजन कार्यालयमा कार्यरत छिन् । मिस फारवेष्टको उपाधिसंगै स्कुटर प्राप्त गरेकी गुरुङलाई पूर्व मिस नेपाल सुगारिका केसीले ताज पहिराएकी थिइन् ।

प्रतियोगितमा अंकिता ज्ञवाली फस्ट रनर अप र दिव्या गैरे सेकेन्ड रनर अप भइन । फष्ट रनर अप ज्ञवालीले ताजसँगै नगद ५० हजार तथा सेकेन्ड रनरअफ गैरेले नगद २५ हजार हात पारिन् ।

रोयल कोलाबरेसन प्रालि नेपालले आयोजना गरेको ‘मिस फारवेष्ट -२०१८’ को निणर्ायकहरुमा पूर्व मिस नेपाल सुगारिका केसी, गायक तथा गीतकार कालीप्रसाद बास्कोटा, नायिका अन्नपूर्ण शर्मा, फिल्म निर्देशक हेमराज विसी, ओलम्पियन दीपक विष्ट र मोडेल निलम चन्द रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?