+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

प्रदेश ३ को राजधानीबारे नेकपाको संसदीय दलमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २१ गते १५:१६

२१ असोज, हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश नं ३ संसदीय दलको बैठकमा प्रदेशको राजधानीको विषयले प्रवेश पाएको छ ।

उक्त दलको मुख्यमन्त्री निवासमा आइतबार बसेको बैठकमा सो प्रस्तावबारे छलफल भएको दिँदै संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले स्थायी राजधानीको विषयले अब सांसदमा पनि प्राथमिकता पाउने बताए ।

उनले यो विषयमा अहिले सबैको चासो भएकाले छिटै प्राथमिकतामा राखिने धारणा व्यक्त गरे । उनले भने, ‘सबै सांसदहरु तथा प्रदेश नं ३ का जनता स्थायी राजधानीको विषय चाँडो टुङ्गोमा पुगोस् भन्नेमा छन्, यो विषयले आज या भोलि सांसदमा प्रवेश पाउनेछ ।’

बैठकमा नेकपा ३ नं प्रदेश संसदीय दलको विधानको स्वीकृति, संसदीय दलका सभापतिको प्रतिवेदन, मन्त्रीद्वारा मन्त्रालयको प्रगति प्रतिवेदन पेश गर्ने तथा पार्टीको लेबी विषयमा समेत छलफल हुने कार्यक्रमसमेत रहेको सांसद मुनु सिग्देलले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?