Comments Add Comment

जन्मदिनमा वृक्षारोपण गर्न नगरपालिकाको आव्हान

२१ असोज, बुटवल । नगरलाई हरियालीयुक्त बनाउन रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जन्मदिनको अवसरमा वृक्षारोपण गर्न सबै नगरबासीलाई आव्हान गरेको छ ।

‘ग्रीन तिलोत्तमाः क्लिन तिलोत्तमा’को नारा अघि सारेको तिलोत्तमाले आइतबारको ४३ औं कार्यपालिका बैठकबाट हरियाली प्रवर्द्धनका लागि जन्मदिनमा वृक्षारोपण गर्न नगरबासीलाई आव्हान गर्ने निर्णय गरेको हो ।

हरेक नगरवासीले आफ्नो जन्मदिनमा वृक्षरोपण गरेर त्यसलाई हुर्काउँदा हरियाली प्रवर्द्धन अभियान प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ ।

नगर प्रमुख बासुदेव घिमिरेले नगरवासीले जन्मदिनको अवसरमा घर-आँगन, खाली जमिन तथा तोकिएको सार्वजनिक स्थान, वन लगायतका ठाउँमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका विरुवाहरु रोप्न सक्ने बताए । ‘हरियाली प्रवर्द्धन अभियानमा सबै नगरवासीको सार्थक सहभागिताका लागि हामीले जन्मदिनमा वृक्षरोपण गर्न आहृवान गरेका हौं,’ घिमिरेले भने ।

जन्मदिनमा वृक्षरोपण गर्न आव्हान गरेसँगै विरुवाहरुको उपलब्धताका लागि प्रभावकारी काम गरिने नगरपालिकाले जनाएको छ ।

तिलोत्तमा नगरपालिकाले सरसफाई र हरियाली प्रवर्द्धनका लागि गत वर्षदेखि नैं हरेक महिनाको १ र १५ गते अभियान सञ्चालन गर्दै आएको छ ।

वडा कार्यालय र टोल विकास संस्थाहरुले अन्य दिनमा समेत सरसफाइ र हरियाली प्रवर्द्धनका कामहरुगर्दै आएका छन् । हालसम्म यो अभियान २५ औं श्रृंखलामा पुगिसेको छ ।

नगरपालिकाले वातावरण संरक्षणका लागि प्लाष्टिक निषेधित अभियान समेत सञ्चालन गर्दै आएको छ ।

नगरपालिकाले गत साउनमा वृक्षरोपण सप्ताह सञ्चालन गरेर ५० हजार विरुवा रोपिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment