Comments Add Comment

सन्दीपले ३ खेलमै लिए १४ विकेट

२१ असोज, काठमाडौं । नेपालका लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी टि-ट्वान्टी विश्व कप क्रिकेटको एसिया छनोटमा ३ खेलमा १४ विकेट लिएका छन् ।

उनले आइतबार थाइल्यान्डविरुद्धको खेलमा ५ विकेट लिए । ३ ओभर बलिङ गरेका सन्दीपले १ मेडन राखेर ८ रन खर्चिदै ५ विकेट लिए । उनको धारिलो बलिङ थाइल्यान्डका कुनै पनि ब्याट्सम्यानले धान्न सकेनन् ।

यसअघि पनि सन्दीपले मलेसियाविरुद्ध ५ विकेट लिएका थिए । ४ ओभर बलिङ गरेका सन्दीपले २० रन खर्चेर ५ विकेट लिएका थिए ।

त्यस्तै, नेपालले पहिलो खेलमा म्यानमारलाई २९ रनमै अलआउट गर्दै ८ विकेटको जित निकाल्दा पनि सन्दीपले ४ विकेट लिएका थिए । २ ओभर बलिङ गरेका सन्दीपले ३ रन खर्चेर ४ विकेट लिएका थिए । एकपछि अर्को खेलमा सफल भएका सन्दीपले मलेसियामा निकै चर्चा कमाइरहेका छन् ।

३ खेलमा १४ विकेट लिएका सन्दीप प्रतियोगितामा सबै भन्दा बढी विकेट लिने खेलाडीको लिष्टमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment