Comments Add Comment

आयुष्मान र परमिताको ब्रेकअपपछिको मिलन

आइतबार आयोजना भएको चलचित्र ‘चङ्गा चेट’को ट्रेलर सार्वजनिक कार्यक्रममा केही भिन्न बन्यो । कार्यक्रम भिन्न बन्नुको कारण थियो पूर्व प्रेम जोडी आयुष्मान देशराज जोशी र परमिता आर एल राणाको उपस्थिती ।

सुरुवातमा परमिता आयुष्मान भन्दा पर बसेकी थिइन् । तर, चलचित्रका निर्माता माधव वाग्लेले परमितालाई आफू बसेको ठाउँ छाडिदिएपछि आयुष्मान र परमिता एकसाथ भए । यसपछि उनीहरुविच लामो कुराकानी भयो । उनीहरु विचकोे कुराकानी हेर्दा लाग्दैनथ्यो कि, उनीहरुविच कुनै तिक्तता छ । आयुष्मानले नायिका प्रियंका कार्कीसँग इन्गेजमेन्ट गरिसकेका छन् भने परमिता पनि प्रेममा छिन् ।

सोही समयमा एक पत्रकारले निर्देशन दीपेन्द्र के खनाललाई प्रश्न सोधे । प्रश्न सोध्ने क्रममा उनले तपाइले ‘ब्रेकअप जोडी’लाई लिनुभएको छ भन्दै गर्दा आयुष्मान रिसाए । उनले, ‘के हो फेरि यो ब्रेकअप जोडी’ भनेको भन्दै विचमै कुरा काटिदिए । आयुष्मानले कुरा काटेपछि पत्रकार पनि प्रश्न सकियो भन्दै झोक्किए ।

आयुष्मान र परमिता भने एकसाथ बस्दा जति गफिएका थिए, पछि त्यस्तो देखिएन । कार्यक्रम सकिएपछि तस्बिर खिचाउने क्रममा पनि आयुष्मानले विचमा अर्का कलाकार सन्दिप क्षेत्रीलाई राखेका थिए । तर, नायिका प्रियंका कार्की काम विशेषले उपस्थित हुन नसकेको कार्यक्रममा परमिता र आयुष्मानको भलाकुसारी विशेष देखियो । 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment