Comments Add Comment

गुल्मीका स्थानीय तहमा नेकपाका दुईजना संयोजक

२१ असोज, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गुल्मीको जिल्ला कार्यदलले आइतबार १५ दिने कार्यक्रम सार्वजनीक गरेको छ ।

जिल्ला कार्यदलका सदस्य मधुकृष्ण पन्तको अध्यक्षतामा शनिबार सम्पन्न बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्दै नेकपाले प्रदेश ५ को सर्कुलरलाई कार्यान्वयन गर्न गाउँ, नगर, वडा र टोलसम्मका पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

पार्टी एकीकरणपछिको संगठनात्मक, अध्यावधिक पार्टी सदस्यता संख्या, जनवर्गिय संगठनको अवस्था, तत्कालीन दुवै पार्टीको सम्पत्ति विवरण र हालकोे मौजुदा अभिलेख तयार गरी बुझाउन तल्ला कमिटीलाई निर्देशन गरिएको छ ।

सम्मेलनमा नेपालीहरुका नजिकिँदै गरेका चाड पर्वहरुका अवसरमा सवै वार्ड, गाउँ, नगर कमिटीहरुमा चियापान कार्यक्रमको आयोजना गरि शुभकामना आदानप्रदान गर्न आवहान गरिएको छ ।

अर्को व्यवस्था नहुँदासम्म स्थानीय तह स्तरमा र वडास्तरमा भेलाहरुको आयोजना गरी तत्कालीन दुवै पार्टीका कमिटी एकताबद्ध गरी दुईजना संयोजक रहेको पार्टी संयन्त्र गठन गर्न निर्देशन गरिएको प्रस्तावित जिल्ला अध्यक्ष बालसिंह काउछाले बताए ।

खानीगाउँमा रहेको मदन आश्रति स्मृति भवनमा पार्टीको सचिवालय र पुतलिबजारमा जिपपार्कमा रहेको शहीद स्मृति भवनमा जनवर्गीय संगठनहरुको कार्यालय सञ्चालन हुने प्रस्तावित सचिव बुद्धि जिसीले बताए ।

पार्टीको जिल्ला कमिटी १४५ जनाको, नगर कमिटी ८१ जनाको, गाउँ कमिटी ७५ जनाको, वडाकमिटी २९ जनाको र टोलकमिटी १९ जनाको गठन हुने विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment