Comments Add Comment

दोस्रो हाफको उत्कृष्ट खेलले आर्सनल विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा आर्सनलले फुलहामलाई ५-१ ले हराएको छ । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा आर्सनलले ४ गोल गरेको हो ।

खेलको २९ औं मिनेटमा गोल गर्दै लाकाजेट्टेले आर्सनललार्इ अग्रता दिलाएका थिए । ४४ औं मिनेटमा फुलहामका लागि स्क्रलले बराबरी गोल फर्काए । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा ४ गोल थपेर आर्सन बलियो बन्यो ।

४९ औं मिनेटमा लाकाजेट्टेले नै गोल गर्दै अग्रता बनाएका थिए । त्यसपछि ६७ औं मिनेटमा रामसेले गोल गरे । साथै ७९ औं मिनेटमा गोल गरेका अमाबेएङले इन्जुरी समयमा पनि गोल थपेर ५-१ को जित दिलाए ।

बल पोसेसनमा बराबरी नै देखिए पनि फुलहामले आर्सनलको पोस्टमा लगातार जस्तो प्रहार गरेको थियो । फुलहामले गरेको २१ प्रहारमा ४ वटा मात्रै टार्गेटमा रहृयो जसमा एक गोल भयो । आर्सनलले ९ प्रहार मात्रै गरेको भए पनि ७ प्रहार पोस्टको दिशामा रहृयो जसमा ५ वटा त गोल नै भयो ।

जितसँगै आर्सनलको आठ खेलबाट १८ अंक भएको छ । आर्सनल अंक तालिकाको तेस्रो स्थानमा छ भने फुलहाम १७ औं स्थानमा छ ।

गएको हप्ता इभर्टनसँगको खेलमा घाइते भएका डिफेन्डर मेनसहा र जोयका कारण फुलहाम समस्यामा परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment