Comments Add Comment

मानवअधिकार आयोगको निर्देशन : एसपी विष्ट र बम दिदीबहिनीमाथि अनुसन्धान गर्नू

२१ असोज, काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ ।

घटनापछि कञ्चनपुर पुगेको टोलीले तयार पारेको प्रतिवेदनका आधारमा आयोगले सरकारलाई ८ बुँदे निर्देशन दिएको हो । निर्मलाकी आमाले हार गुहार गर्दा पनि खोजीमा तत्परता नदेखाएको तथा शव भेटिएपछि पनि प्रमाणको संरक्षण गर्नुको साटो नष्ट गरेको पाइएको आयोगले जनाएको छ ।

‘तत्कालीन जिल्ला प्रहरी प्रमुख घटनास्थलमा आफैं उपस्थित भई आवश्यक सूचना प्रवाह तथा समन्वय गरेको नपाइएकाले निजमाथि थप अनुसन्धान गर्नुपर्ने’ आयोगको निर्देशनमा भनिएको छ ।

आयोगले रोशनी र वविता बमलाई समेत शंकाको घेरामा राखेर अनुसन्धान गर्न सरकारलाई भनेको छ । साथै शंकास्पद व्यक्तिहरुको डीएनए परीक्षण गरिएको भएपनि ल्यावमा प्रयोग भएको औजार, रसायन, भजाइनल स्वाबको सुरक्षा पर्याप्त भए नभएको पुनः विश्लेषण र जाँच गर्नुपर्ने मानवअधिकार आयोगको ठहर छ ।

प्रहरीको अनसन्धानमा विश्वसनीयता नहुँदा आम मानिस र पीडित परिवारमा निराशा बढेको भन्दै आयोगले छिटो दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment