Comments Add Comment

महिला स्वास्थ्यका लागि आवश्यक सुपर फुड, यसकारण खानैपर्छ

भन्न त महिला-पुरुष बराबरी भनिन्छ । यद्यपी शारीरिक संरचनाको हिसाबले दुबैबीच केही भिन्नता हुन्छ । पुरुषको तुलनामा महिलाहरुको स्वास्थ्य संवेदनशिल हुन्छ ।

हरेक महिनामा हुने मासिक श्राव, गर्भावस्था, प्रसूती, स्तनपान जस्ता धेरै कुराले उनीहरुको शरीरलाई संवेदनशिल बनाएको हुन्छ । त्यसमाथि पटक-पटक बच्चा जन्माउँदा, गर्भपतन गराउँदा थप जटिलता आउने गर्छ ।

शारीरिक सम्पर्कमा महिला पुरुषको बराबरी सहभागिता हुने भएपनि यसको भार महिलाले बढी बोक्नुपर्छ । गर्भनिरोधका लागि थरीथरीका चक्की उनीहरुले नै सेवन गर्नुपर्छ, जसले हर्मोनल परिवर्तन गर्छ । अनिच्छित गर्भ रहेमा उनीहरुले नै गर्भपतन गराउनुपर्छ, जसले पाटेघर र समग्र शरीरलाई कमजोर तुल्याउँछ । बच्चा जन्माउन परेमा उनीहरुले नै प्रसूति पीडा खेप्नुपर्छ ।

यसर्थ महिलाहरु शारीरिक हिसाबले संवेदनशिल हुन्छन् र उनीहरुलाई स्वस्थ्य र तन्दुरुस्तीको निम्त थप खानपान एवं पोषणको आवश्यक्ता हुन्छ ।

महिलाले के खानैपर्छ ?

नियमित खानामा ‘न्युट्रिशन फुड आइटम’को प्रयोग गर्दा कैयौँ प्रकारका शारीरिक समस्याबाट मुक्त रहन सकिन्छ । यस्ता डाइटलाइ हरेक उमेर समूहका महिलाले प्रयोग गर्न सक्छन् ।

उमेर बढेसँगै महिलामा विभिनन शारीरि परिवर्तन पनि देखा पर्दै जान्छ, जसको कारण आहार पनि फरक फरक प्रकृतिको जरुरत पर्ने गर्छ । महिनावारी, गर्भवती, मेनोपोजको चरणको समया महिलालाई तुलनात्मक रुपमा बढी पोषणको अवाश्यकता पर्छ ।

यस्तो अवस्थामा कुनै खाना आइटम यस्ता हुन्छन् जुन हरेक उमेरका पोषणको आवश्यकतालार्य पुरा गर्छन् । जसको प्रयोग गर्दा कैयौँ प्रकारका शारिरिक समस्याबाट पनि टाष रहन सकिन्छ ।

खजुर

खजुरमा आइरन र पोटाशियमको निकै राम्रो स्रोत हो । यसको सेवनले महिलाको ल्याक्टेशनमा सुधार हुन जान्छ । जसले बच्चालाई स्तनपान गराउँदा कुनै समस्या देखा पर्दैन । यसले आमामा उचित दुध उत्पादनमा मदत गर्छ ।

दैनिक दुई वा तीन दाना खजुरको प्रयोगले मात्र पनि महिलाको प्रजनन क्षमतालाई बलियो बनाउने काम गर्छ ।

तिल

तिल चाहे सेतो होस्, रातो होस् या कालो नै किननहोस् सबै प्रकारका तिल महिलाको लागि अत्याधिक फाइदाजनक छ । यसलाई लड्डु, अचार बनाएर, काँचै वा तरकारीको रुपमा प्रयोग गर्न सक्नुहुन्छ ।

जस्तो सुकै परिकार गराएर सेवन गरे पनि यसलो स्वास्थ्यमा सकरात्मक प्रभाव पार्छ । यसमा आइरन र फोलिक एसिड भरपुर मात्रामा हुन्छ । जसले महिलालाई एनिमियाको समस्याबाट बचाउने काम गर्छ ।

त्यति मात्र नभएर तिलमा भएको नायसिन नामक तत्वले खरवा कोलेस्ट्रोलको मात्रालाई घटाई हृदयरोगको खतराबाट समेत बचाउने काम गर्छ ।

तिलमा भएको क्याल्शियम र जिंकले हाडको घनत्वलाई बढाउने गर्छ र प्री या पोस्ट मेनोपोजको रौरानमा आस्टियोपोरोसिसको खतराबाट पनि जोगाउने काम गर्छ ।

मेवा

फिट रहने चाहाना जोकोही महिलाको हुन्छ । दैनिक एक कचौरा मेवाको सेवनले महिलाको स्लिम बन्ने चाहानालाई पुरा गर्न सक्छ ।

यसमा भएको फाइवरले छिटो मेट भरिन मदत गर्छ भने शरिरको अतिरिक्त बोसोलाई पनि जलाउने काम गर्छ । महिनावारीको दुखाई क मगर्न पनि यसले निकै ठूलो मदत गर्छ ।

अनुसन्धानका अनुसार मेवाले युवा अवस्थाका महिलालाई सर्वाइकल क्यान्सरको जोखिम धेरै हदसम्म कम गर्छ । तर, गर्भवतिको अवस्थमा भने कहिल्यै मेवाको सेवन गर्नुहुँदैन ।

स्टाबेरी

स्टाबेरीबाट करसेटिन, ल्युटिन, जिक्सेन्थिन, इलेजिक एसिड, कींपफेरोल, एन्थेसायनिक, एन्टि अक्सिडेन्टको मात्रा पाइने गर्छ ।

स्टावेरीमा भएको एन्टि अक्सिडेन्टले शरिरको खराव कोलेस्ट्रोललाई घटाई हृदयरोगको जोखिमलाई कम गर्ने काम गर्छ । मध्य आयुका महिलालाई मुटु ड्यामेज हुनबाट पनि यसले बचाउने काम गर्छ । स्टावेरीमा भएको बायोटिनले कपाल र नङलाई पनि बलियो बनाउने काम गर्छ । र, हाइड्राक्सी एसिडले डेड स्किनलाई राम्रोसँग हटाउने काम गर्छ ।

ब्रोकाउली

दैनिक आधा कप ब्रोकाउलीको प्रयोगले विभिन्न क्यान्सरको सम्भावना कम हुन्छ । यसलाई काचै, उमालेर वा हल्का प|mाइ गरेर खान सकिन्छ ।

यसले ब्रेस्ट, ओवेरियन र युटेरिन क्यान्सको जोखिम निकै कम गराउँछ । अमेरिकन क्यान्सर सोसाइटीकाअनुसार ब्रोकाउलीमा भएको एन्टिअक्सिडेन्ट इसोथियो सायनेटले अतिरिक्त इस्ट्रोजन हर्मोनलार्य शरिरबाट हर्मोन हटाउने काम गर्छ । यसका साथै ब्रो काउलीको विटामिन सी, अमीनो एसिड र सल्फरले शरिरको डिटाँक्सीफिकेशनमा मदत पुर्‍याउँछ ।

यसमा ओमेगा थ्री फ्याटी एसिड पनि हुने गर्छ । जसले शरिरको कोलेस्ट्रोललाई सन्तुलित गर्ने काम गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment