२२ असोज, काठमाडौं । इंग्ल्यान्डका पूर्वकप्तान जोन टेरीले सन्यासको घोषणा गरेका छन् ।
३७ वर्षीय टेरी च्याम्पियनसिप क्लब एस्टन भिल्ला छाडेपछि पछिल्लो समयमा क्लबविहीन बनेका थिए ।
चेल्सीका समेत पूर्वकप्तान रहेका उनले इन्स्टाग्राममा आफ्नो लागि सन्यासको उपयुक्त समय भएको उल्लेख गरेका छन् ।
‘२३ वर्षको फुटबलर यात्रापछि मेरा लागि यो सन्यासको उपयुक्त समय हो’, उनले भनेका छन् ।
टेरीले सन् २०१७/२०१८ को सिजन एस्टन भिल्लाबाट अन्तिम समय खेलेका थिए । एक वर्षको सम्झौतालगत्तै उनी मस्कोको क्लबसमेत पुगेका थिए । तर, उनी अनफिट देखिएपछि अहिले क्लबविहीन बनेका थिए ।
इङ्ल्याण्ड राष्ट्रिय टिमबाट ७८ क्याप खेलेका टेरीले झण्डै २ दशक चेल्सीबाट खेलेका थिए । सन् १९९८ मा चेल्समा आबद्ध भएका उनले सन् २०१७ मा चेल्सी छाडेका थिए ।
टेरीले स्टामफोर्ड ब्रिजमा पाँच प्रिमियर लिग, पाँच एफ ए कप र च्याम्पियन्स लिगको उपाधि जितेका थिए । सेन्टर ब्याक टेरीले पाँच लिग कप र युरोपा लिगसहित ७ सय बढी खेलमा चेल्सीको जर्सीमा खेलेका थिए ।
प्रतिक्रिया 4