Comments Add Comment

प्रदेशसभा ३ मा राजधानीसम्बन्धी प्रतिवेदन पेश

२२ असोज, हेटौंडा । प्रदेश ३ को राजधानीबारेको प्रस्ताव प्रदेशसभा बैठकमा पेश भएको छ । सोमबार बसेको प्रदेशसभा बैठकमा राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदन पेश भएको हो ।

उपयुक्तताको आधारमा प्रदेश राजधानी सिफारिस गर्न गठित विशेष समितिका सभापति दीपक निरौलाले प्रतिवेदन सभामा प्रस्तुत गरेका हुन् । उनले प्रतिवेदनमा राजधानीका लागि उपयुक्त भनी सिफारिस गरिएको जिल्लाको जिल्लागत विवेचना र विश्लेषण राखिएको बताए ।

राजधानीको विषय देशको विकास र जनताको सेवालाई हेरेर निर्णय गर्नुपर्ने उनको भनाइ छ । समितिले प्रदेश सभालाई काभ्रे, चितवन, भक्तपुर, नुवाकोट र मकवानपुर गरी ५ जिल्ला राजधानी तोक्न उपयुक्त भएको भन्दै सिफारिश गरेेको छ । समितिको प्रतिबवदन संसदमा पेश भएपछि प्रदेश सभामा राजधनीको विषयले प्रवेश पाएको हो ।

गत जेठ २६ गते समितिले सभामुखलाई बुझाइएको प्रतिवेदनले ४ महिनापछि प्रदेशसभामा औपचारिक प्रवेश पाएको हो । १३ सदस्यीय समितिले प्रदेश सभालाई प्रतिवेदन बुझाएसंगै समितिसमेत विघटन भएको छ । यसअघि असोज २ गतेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले प्रतिवेदन कता हरायो भनि व्यङ्ग्य समेत गरेका थिए ।

हेटौंडालाई नै प्रदेश तीनको स्थायी राजधानी बनाउनु पर्ने माग गर्दै जन सरोकार केन्द्रले सोमबार संसद सचिवालय अगाडि धर्ना दिएको छ । संविधान अनुसार हेटौंडालाई स्थायी राजधानी घोषणा नगरेसम्म आफूहरुको ध्यानाकर्षण जारी रहने केन्द्रका अध्यक्ष अधिवक्ता ध्रुव चौलागाईले बताए ।

सोमबारको बैठकसँगै प्रदेशसभाको बैठक स्थगित भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment