+
+

नाम र राजधानी नटुंग्याई प्रदेशसभा १ को अधिवेशन अन्त्य हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २२ गते १८:५०

२२ असोज, विराटनगर । प्रदेशको नामाकरण र स्थायी राजधानीको टुंगो नलागी प्रदेशसभा १ को अधिवेशन अन्त्यको तयारी गरिएको छ ।

प्रदेश सरकारले सोमबार सर्बदलीय बैठक आह्वान गरी प्रदेश सभा अन्त्य गर्ने निर्णय गरेको हो । मंगलबार ५२ औ प्रदेश सभाको बैठक बसी सभा बैठकको अन्त्यको तयारीमा सरकार जुटेको हो ।

सरकारले प्रदेशको नाम र राजधानीका यही अधिवेशनबाट टुंगो लगाउने भने पनि सम्भव नभएको भन्दै हाललाई थाती राखेर अधिवेशन अन्त्य गर्ने प्रदेश सरकारले निर्णय गरिएको हो ।

नेकपाका संसदीय दलका उपनेता टंक आङबोहाङले मंगलबार प्रदेश सरकारको बैठक बसी प्रदेश सभाको जारी अबिधेशन अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।

उनले नेपालीहरुको बडा दशै र तिहार नजिकएको भन्दै प्रदेश सभा सदस्यहरुले आवाज उठाएपछि प्रदेश सभा अन्त्यको निर्णय गरिएको बताए ।

उनले प्रदेशको नाम र राजधानीको बिषयमा गहन छलफल गर्ने र सहमतिबाट टुग्याउने तयारी भइरहेकाले त्यसका लागि अझै व्यापक छलफल गर्नुपर्ने आवश्यकता रहेकाले हाललाई प्रदेश सभा अन्त्य गर्ने निर्णय भएको जानकारी दिए ।

उनले दशैपछि मात्र प्रदेश सभाको नाम र राजधानीको बिषयलाई टु‌ंग्याउने तयारी भइरहेको जानकारी दिए ।

नाम र राजधानीको टुंगो लगाउन नेकपा संसदीय दलको बैठक बसेको भए पनि बैठकले कुनै निर्णय नलिई स्थागित भएको छ । मुख्यमन्त्री शेरधन राईले दलको अर्को बैठक डाक्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?