+
+
Shares

पुनर्निर्माणका लागि सबै स्थानीय तहमा वरिष्ठ इन्जिनियर

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २३ गते १३:२९

२३ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणको काममा तीव्रता दिने प्रतिवद्धता व्यक्त गरेका हुन् ।

त्यसका लागि प्राधिकरणले सबै स्थानीय तहमा रहने गरी वरिष्ठ इन्जिनियरहरुको व्यवस्था गरेको उनले बताए । उनले वरिष्ठ इन्जिनियरहरुको सेवा र सुविधा दिने व्यवस्था विश्व बैंकबाट मिलाउन लागिएको पनि स्पष्ट पारे ।

प्राधिकरणले सेवाग्राहीले अनुदान सहज ढंगले पाउन राष्ट्र बैंकलाई पत्राचार पनि गरेको छ । मंगलबार काठमाडौंमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले पूरातात्विक महत्वको सम्पदाहरुको पुनर्निर्माणको कामलाई गति दिन पुरातत्व विभागसँग आवश्यक छलफल भइरहेको जानकारी पनि दिए ।

उनले काष्ठमण्डपको कामलाई तीव्रता दिन आवश्यक काठ, कालीगढको व्यवस्था भइसकेको बताए ।  प्राधिकरणले शिक्षण संस्था, स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणमा पनि ढिलाई नहुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?