Comments Add Comment

नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन पहल गर्छुः ईयू राजदुत

२३ असोज, काठमाडौं । नेपालका लागि युरोपियन युनियनका राजदुत वेरोनिका कोडीले नेपालको हवाई यातायातलाई कालोसूचीबाट हटाउन आफूले पहल गर्ने कुरा बताएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले मंगलबार राजधानीमा आयोजना गरेको ‘ब्यापार, पर्यटन तथा लगानीको सन्दर्भः नेपाल-युरोपियन युनियन आर्थिक सम्बन्धका सम्भावना’ विषयक अन्तरक्रियामा उनले नेपालको हवाई यातायातलाई सुरक्षित पार्न हवाई क्षेत्रको नीति निर्माण गर्ने र सेवा प्रदान गर्ने निकाय छुट्टाछुट्टै हुनुपर्ने सुझाव दिए ।

राजदुत कोडीले नेपालको ब्यापार, पर्यटन र लगानीमा विकास गर्न भौतिक पूर्वाधार महत्वपूर्ण हुने कुरामा जोड दिए । रेल मार्ग, सडक मार्ग र जलमार्गको विकासले नेपालको विकासलाई तिब्र बनाउने बिश्वास उहाँले व्यक्त गरे ।
साथै आफु नेपालसंगको युरोपियन युनियनको सम्बन्ध थप प्रगाढ पार्न कटिबद्द भएर लागि परेको बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल पर्यटन वर्ष २०२० लाई मध्यनजर गर्दै नेपालको हवाई यातायात असुरक्षित रहेको भन्ने कुरामा इयूका देशहरुले चिन्ता नगर्न आग्रह गरे । नेपालको हवाई सुरक्षाको संवेदनशिलतालाई यथार्थपरक ढंगमा बुझिदिन अपिल गरे ।

श्रेष्ठले नेपालको ब्यापार, पर्यटन र लगानीमा इयूले थप सहयोग गर्ने सहि समय आएको उल्लेख गरे । कार्यक्रममा ब्यापार, पर्यटन र लगानीमा क्रमश ब्यापार तथा निर्यात प्रवर्द्धन केन्ऽका निर्देशक सुरेन्ऽ नाथ गोंगल, नेपाल होटल संघका महासचिव विनायक शाह र नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष नरेश श्रेष्ठले अलग अलग कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment