+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

होचापुड्का मात्र बस्ने अनौठो गाउँ

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २४ गते ११:४६

चीनको सिचुआन प्रान्तस्थित एउटा सानो गाउँ दुनियाँकै अद्वितीय गाउँ हो । याङ्सी नामक उक्त गाउँलाई होचा पुड्काहरुको गाउँ भनिन्छ । किनकि उक्त गाउँमा लगभग आधाजसो होचा पुड्काहरुको मात्र बसोबास छ ।

पहाड र धानखेतहरुले घेरिएको यस गाउँमा बस्ने ४० प्रतिशत मानिस होचा पुड्का छन् । गाउँमा रहेको होचापुड्का मानिसको अधिकतम उचाई ३ फिट १० इन्च र न्यूनतम उचाई २ फिट १ इन्च रहेको छ ।

गाउँका मानिस किन सबै होचा पुड्का भए भन्ने विषयले वैज्ञानिकहरुलाई पनि अचम्ममा पारेको छ । सन् १९९७ मा भएको एक अनुसन्धानका क्रममा गाउँमा भएको माटोमा पारोको मात्रा उच्च पाइएको र पुड्कोपनाको कारक तत्वपनि त्यसैलाई मानिएको थियो । तर यसको थप पुष्टि हुन सकेको छैन ।

यो गाउँ १९५१ मा मात्र पत्ता लागेको हो । गाउँमा जन्मिने बच्चाहरुमा पुड्कोपनाको दर निकै उच्च रहने गरेको छ । गाउँमा कूल ८० जना मानिस रहेकोमा ३६ जना पुड्का रहेका छन् ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?