१२ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले ल्याएका दुई विधेयक प्रतिनिधिसभाबाट पारित भएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ र मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ पारित गरेको हो ।
यी दुवै विधेयक प्रधानमन्त्री बालेनले गत वैशाख २५ गते प्रतिनिधिसभामा दर्ता गरेका थिए ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकले दुवै विधेयक पारित गरेको हो । अब यी दुवै विधेयक राष्ट्रिय सभामा जानेछन् । राष्ट्रिय सभाले पनि पारित गरेपछि प्रतिनिधिसभामै फर्किन्छ ।
राष्ट्रिय सभामा भएको संशोधन प्रतिनिधिसभाले स्वीकार गरेको खण्डमा सभामुखबाट प्रमाणित भएर राष्ट्रपतिसमक्ष पुग्छ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनका रूपमा कार्यान्वयनमा आउनेछ ।
प्रतिक्रिया 4