+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

प्रचण्डले भने : नेकपाको सिट गुम्ने गरी उपनिर्वाचन हुँदैन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २५ गते ०:३०

२४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको सिट गुम्ने गरी उपनिर्वाचन नगर्ने बताएका छन् ।

काठमाडौं क्षेत्र नम्बर ७ मा हालका सांसद रामवीर मानन्धरलाई राजीनामा गराएर नेता वामदेव गौतमलाई उम्मेदवार बनाएर उपनिर्वाचन गर्ने नेकपाको योजना रहेको भन्ने चर्चा भइरहेका बेला उनले पार्टीको सिट गुम्ने गरी चुनाव नहुने बताएका हुन् ।

‘अस्तीको दिनदेखि यो विषयमा कुराकानी भएको छ, आज पनि प्रधानमन्त्री र म यही विषयमा यो कुरा गर्दैथियौं’ काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उनले भने ‘हुनत पार्टीले निर्णय गर्न बाँकी छ, म के मात्र भन्न सक्छु भने हाम्रो सिट गुम्ने गरी चुनाव हुँदैन ।’

बर्दिया १ बाट कांग्रेस नेता सञ्जय गौतमसँग पराजित भएका नेकपाका नेता गौतमका लागि काठमाडौं ७ का सांसद मानन्धरले मंगलबार नै राजीनामा दिने घोषणा गरिसकेका थिए । मानन्धरको राजीनामापछि उपनिर्वाचनमा गाैतमलार्इ उठाउने गरी नेकपाको सचिवालयमै कुरा चलेको थियो ।

पाथीभरा सद्भावना दूत परिचयपत्र वितरण तथा दशैं, तिहार र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले आफूले प्रधानमन्त्रीसँग गम्भीर छलफल गरिरहेको भन्दै केही दिनभित्रै महत्वपूर्ण निर्णय लिने बताए ।

‘आज विहानमात्रै प्रधानमन्त्री निवासमा गम्भीर छलफल गरेका छौं । रामै्र गृहकार्य गरेर महत्वपूर्ण निर्णय लिने योजनामा छौं’ उनले भने ‘सुशासनको पक्षमा, विकासको पक्षमा लिनैपर्छ भन्ने छलफल केन्द्रित भएका छन् ।’

नेकपाले आफ्नो कामको समीक्षा गर्दै कमी कमजोरी सच्याएर अघि बढ्ने समय रहेको भन्दै उनले निराश नहुन आग्रह गरे ।

‘अहिले सरकार ५ वर्ष चल्नका लागि कुनै व्यवधान छैन । सरकारका मन्त्री र नेताहरुले आफ्नै कामको समीक्षा गर्दै कमी कमजोरी भए सच्याउँदै अघि बढ्ने अवसर हामीलाई प्राप्त छ । चिन्तित हुने अवस्था आइसक्यो भन्ने अवस्था छैन’ उनले भने ।

सरकारका गतिविधिप्रति केही आक्रोश रहेको भन्दै प्रचण्डले अहिले नै निराश भइहाल्नुपर्ने अवस्था नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?