Comments Add Comment

सर्वसाधारणले समेत मन्त्री हुन पाउने, प्रधानमन्त्रीले खुलाए विज्ञापन

आफ्नो मन्त्रीमण्डलमा सर्वसाधारण जनताबाट योग्य मन्त्री छान्न नवनिर्वाचित प्रधानमन्त्रीले विज्ञापन खुलाएका छन् ।

यो इराकको घटना हो । नवनिर्वाचित इराकी प्रधानमन्त्री अदेल अब्दुल महदीले इराकी नागरिकलाई मन्त्रीमण्डलमा समावेश गर्नका लागि एक वेबसाइट लञ्च गरेका हुन् ।

उनले वेबसाइटमार्फत इराकका आम मानिसलाई आमन्त्रण गर्दै कार्यानुभव भएका, सीप तथा कौशल भएका जो कोही नागरिकले आफ्नो सरकारमा मन्त्री हुनका लागि आवेदन गर्न सक्ने बताएका छन् ।

iraqcabinet2018.com नामक वेबसाइटमा ११ अक्टोबरसम्म मन्त्रीका लागि आवेदन दिन सकिनेछ ।

आगामी ३० दिनभित्रमा प्रधानमन्त्रीले नयाँ सरकार गठन गरिसक्ने छन् ।

इराक युद्ध तथा आइएसको आतंकवादबाट लामो समय गुज्रिएपश्चात शान्ति स्थापनातर्फ अग्रसर इराकमा बन्ने यो नयाँ सरकारलाई जनताहरुले शुभ बिहानीको संकेतका रुपमा लिएका छन् ।

स्मरणरहोस् नवनिर्वाचित प्रधानमन्त्री अदेल इराक कम्युनिष्ट पार्टीका पुराना नेता हुन् । पछिल्लो निर्वाचनमा उनी स्वतन्त्र शिया उम्मेदवारको रुपमा चुनाव लडेका थिए । सद्धाम हुसेनको शासन अन्त्य भएसँगै बनेको सरकारमा उनी उपराष्ट्रपति पनि बनेका थिए ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment