Comments Add Comment

डेढ करोड पुँजीमा हेरचार सञ्चालनमा, केके छन् यसका सुविधा ?

२५ असोज, काठमाडौं । नेपाल अझै पनि प्रविधिमा धेरै पछाडी छ । विकसित मुलुकहरुमा अधिकांश कामहरु प्रविधिकै माध्यमबाट हुन्छन । मान्छेले घण्टौ लगाउने काम प्रविधिको माध्यमबाट छिटो र छरितो ढंगले हुन्छ ।

नेपालमा पनि पछिल्लो समय प्रविधिको प्रयोग भने बढ्दै गएको पाइन्छ । अहिले धेरै मान्छे कपडा अनलाइन अर्डर गरेर घरमै किन्छन् । खाजा समेत अनलाइन अर्डर गर्ने चलन शुरु भइसकेको छ । यस्तै एउटा नयाँ कन्सेप्ट लिएर हेरचार डटकम सञ्चालनमा ल्याइएको छ ।

जसको माध्यमबाट घर वा अफिसको कुनै पनि सामान विग्रिए अनलाइनबाटै सम्पर्क गरेर मर्मत गर्न सकिनेछ । अनलाइनमा अर्डर गरेको केहि समयमा नै तपाईको घर/अफिसमा हेरचारका प्रतिनिधि आएर विग्रिएको सामान मर्मत गरिदिनेछन् । नेपालमा संस्थागत रुपमा आएको यो पहिलो कम्पनी हो ।

के–के सुविधा पाइन्छ ?

हेरचार नेपालमै पहिलो यस्तो सुविधा हो जसले अनलाइन अर्डरबाटै कामदार घर/अफिससम्म पुर्याउछ र ग्राहकले भने अनुसारको मर्मत गरिदिन्छ । यसले विशेष गरेर अहिले चार किसिमका सेवा प्रदान गर्ने जनाएको छ ।

प्लम्बिङ, विद्युत्, कार्पेन्टरी साथै एयर कण्डिसन तथा फ्रिज मर्मतका सेवाहरु प्रदान गर्ने हेरचारले जनाएको छ । धारा तथा वाथरुपम, विजुली वाइरिङ, फर्निचर, एयर कण्डिसन लगायतमा कुनै पनि समस्या आए पनि हेरचारलाई सम्झन सकिनेछ ।

कसरी दिन्छ सेवा ?

आफ्नो घर/अफिसका कुनै सामान विग्रिय हेरचारलाई अनलाइन वा फोन सम्पर्क गरेर समेत बोलाउन सकिनेछ । यसको काठमाडौंको मालिगाउँमा प्रधान कार्यालय रहेको छ । चाडै रिङरोडभित्र ६ वटा शाखा कार्यालय र देशका मूख्य शहरहरु सबैमा शाखा विस्तार गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।

१ करोड ५० लाख रुपैयाँको पुँजीमा भर्खरै सञ्चालनमा आएको हेरचारको मूख्य योजनाकार भने पूर्व बैंकर रमेश भट्टराई हुन् । भ्रमणका क्रममा विभिन्न देशको प्राक्टिस देखे पछि नेपालमा पनि आवश्यक ठानेर आफ्नै सक्रियतामा उनले यो कम्पनी सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment