Comments Add Comment

नागीडाँडामा विमानस्थल बन्नु हुँदैनः माधव नेपाल

२५ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौंको विकल्पमा बनेपामा विमानस्थल बनाउन आवश्यक नरहेको बताएका छन् ।

आन्तरिक विमानस्थल विस्तार गर्ने योजनाअनुसार काभ्रेको नागीडाँडामा आन्तरिक विमानस्थल निर्माणको प्रक्रिया सुरु भइसकेको अवस्थामा सत्तारुढ दलका वरिष्ठ नेता नेपालले नै त्यो बन्द गर्नुपर्ने बताएका हुन् ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान अलग गर्न नेपाल नागरिक उडड्यन प्राधिकरणले वातावरणीय प्रभाव मूल्याङकन (ईआईए) का लागि क्षेत्र निर्धारणको काम थलिसकेको बताइएको छ ।

तर, संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिको बिहिबारको छलफलमा नेता नेपालले बनेपामा विमानस्थल आवश्यक नरहेको बताएका हुन् ।

‘अब काठमाडौंको विकल्पमा बनेपामा अध्ययन हुँदैछ भन्ने सुन्दैछु,’उनले भने, ‘त्यो गलत छ । त्यो बन्द गर्नुर्पर्छ।’  पैसा राख्ने विज्ञलाई बोलाउने अनि पैसा खाने मेसोको रुपमा वनेपामा विकल्प खोजिएको उनको आरोप छ ।

‘कुन चाँही मन्त्री आयो । उसले आफ्नो जिल्लामा विमानस्थल बनाउनुपर्छ भन्छ । त्यसैको अध्ययन सुरु हुन्छ,’ नेता नेपालले प्रश्न गरे, त्यो संभव छ ? उदयपुरमा सम्भव छ ?’

तर, पनि काठमाडौंमा ११ वटा भन्दा बढी जहाज आएको अवस्थामा होल्ड गरेर राख्नुपर्ने अवस्था रहेको उनको भनाइ थियो ।

‘निजगढ विमानस्थलको अर्को विकल्प छैन’

नेता नेपालले बाराको निजगढ विमानस्थल निमार्णको भने अर्को विकल्प नरहेको दावी गरे ।

राजधानी काठमाडौंबाट ७६ किलोमिटरको दूरीमा रहेको निजगढ विमानस्थलबारे धेरै पटक अध्ययन भइसकेको भन्दै उनले अब फेरि अर्को अध्ययनका नाममा निमार्णमा ढिलाइ गर्न नहुनेमा जोड दिए । ‘कतिपय कुराको कन्फ्युजन छ ।

‘जतिसुकै जे गरे पनि विमानस्थलका लागि टुरिष्ट डेस्टिनेसन नै मूल कुरा हो । उनले भने, ‘अन्र्तराष्ट्रिय विमानस्थल राजधानीबाट पनि छोटो दुरीम्ाा हुनुपर्छ । त्यो लगेर विराटनगरमा राख्ने, नेपालगञ्जमा लगेर राख्ने भन्ने कुरालाई दिमागबाट हटाइदिए हुन्छ।’

संसारमै शहरभित्र विमानस्थल हट्दै गइरहेको उल्लेख गर्दै उनले शहर भन्दा टाढा तर लगभग लगभग एक घण्टाको दुरीमा रहेको गरेको पाइएको बताए ।

राजधानीबाट ७०, ८०, ९० किलोमिटरका दूरीमा रहँदा उपयुक्त हुने अन्र्तरार्ष्ट्रिय अभ्यास रहेको उनले सुनाए । सबै हिसावले काठमाडौंबाट ७६ किलोमिटर दूरीमा रहेको निजगढमा अन्र्तराष्ट्रिय विमानस्थल उपयुक्त रहेको नेता नेपालको भनाइ छ ।

निजगढ विमानस्थल अन्तर्राष्ट्रिय नभई रिजलन हव नै भएको उनको भनाइ छ ।

वैठकमा अन्य सरोकारवालाहरुले भने वन विनासलाई ख्याल गरेर निजगढको विकल्प पनि खोज्न सकिन्छ कि भन्नेमा समितिको ध्यानाकर्षण गरेका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले भने त्रिभुवन अन्तराष्ट्रिय विमास्थलले भार थेग्न नसकेको भन्दै अन्य अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment