Comments Add Comment

माइक्रोम्याक्सको क्यू ४००२ बोल्ट ४ नेपालमा

२५ असोज, काठमाडौं । माइक्रोम्याक्सले आफ्नो नयाँ प्रस्तुति क्यू ४००२ बोल्ट ४ लाइट ग्राहकहरुका माझ ल्याएको छ । माइक्रोम्याक्स स्टेट अफ दि आर्ट र बजेट अनुकुल फोनको लागि प्रसिद्ध छ । यो एउटा यस्तो ब्राण्ड हो जसमा ग्राहक पूर्णरुपमा निर्धक्क हुन सक्ने कम्पनीको विश्वास छ ।

ग्राहकहरुले प्रत्येक फोनको खरिदमा आकर्षक ब्याग उपहार पनि पाउने छन् । ग्राहकहरुले प्रत्यक हफ्ता २५० एमवी एनसेल डाटा १२ हफ्ता सम्म निसुल्क प्राप्त गर्नेछन् । बजारमा उपलब्ध अरु स्मार्टफोनहरु भन्दा उत्कृष्ट क्यू ४००२ बोल्ट ४ लाइटमा १.० गिगाहर्जको क्वायकोर प्रोसेसरका साथै १ जीबी र्याम रहेको छ ।

यसमा ५.०एफडब्ल्यूभीजीए एचडी स्क्रिन रहेको छ जसमा ७२० बाई १२८० पिक्सेल रहेको छ । यसमा शक्तिशाली २००० एमएएचको व्याट्री रहेको छ । यसमा ५एमपी हाई रेजुलेसन प्राईमरी क्यामेरा र अगाडि पट्टी २एमपी सेल्फी क्यामेरा रहेको छ ।

यसमा १ जीबी र्याम र ८ जीबी रोम रहेको छ जसलाई माइक्रा एसडी कार्डको माध्यमले ३२ जीबीसम्म बडाउन सकिनेछ । बजारमा यसको मूल्य ८८०० मात्र रहेको र उपहार समेत प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment