२६ असोज, काठमाडौं । टि-ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को अन्तिम खेलमा नेपाललाई सिंगापुरले ८२ रनको लक्ष्य दिएको छ ।
मलेसियाको बायोमास क्रिकेट ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले १७.३ ओभरमा सबै विकेटको क्षतिमा ८१ रन बनाएपछि नेपालले ८२ रनको सामान्य चुनौती पाएको हो ।
सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले २५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । मन्जित सिंह र सिद्धान्तले समान १०-१० रन बनाए ।
नेपालका लागि सन्दीप लामिछानेले ४ विकेट लिए । उनले ३.३ ओभर बलिङ गर्दै १६ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए ।
यो समूहबाट नेपालसहित सिंगापुर र मलेसिया एसिया क्षेत्रको फाइनल राउण्डमा प्रवेश गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4