Comments Add Comment

बुटवलमा अन्तर रेष्टुरेण्ट फुटसल प्रतियोगिता हुने

२६ असोज, बुटवल । बुटवलमा दशैंको अवसर पारेर अन्तर रेष्टुरेण्ट रनिङ शिल्ड फुटसल प्रतियोगिता हुने भएको छ । बुटवलको कालिका नगरमा सञ्चालित लाइम एण्ड लेमन लाउन क्याफेले रनिङ शिल्ड फुटसल प्रतियोगिता शुरु गर्ने भएको हो ।

आयोजनामा यही असोज २८ गते आइतबार देखि ३० गतेसम्म सञ्चालन हुने फुटसल प्रतियोगिताको विजेताले नगद ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उपविजेताले नगद २५ हजार पुरस्कार पाउने आयोजक क्याफेका सञ्चालक सागर पौडेलले बताए ।

रेष्टुरेण्ट व्यवसायी बीचमा अपनत्वको भावना सिर्जना गरी एक आपसमा सम्वन्ध प्रगाढ बनाउने उद्देयले प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

२८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक शितल शर्माले बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट स्कोरर, र अनुशासित टिमलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने पनि आयोजकले बनाएका छन । प्रतियोगिता योगिकुटीस्थित लुम्बिनी फुटसलको खेल मैदानमा हरेक दिन विहान सञ्चालन गरिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment