+
+
Shares

उसेन बोल्टले गरे गोल

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते १८:५९

२६ असोज, काठमाडौं । आठ पटकका ओलम्पिक स्वर्ण विजेता कीर्तिमानी धावक उसेन बोल्टले व्यावसायिक फुटबलमा गोल गरेका छन् ।

अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यानिनर्सबाट खेलेका उनले माकार्थर साउथ वेस्टविरुद्ध दुई गोल गरेका हुन् ।

अहिले उनी सेन्ट्रल कोस्ट म्यानिनर्स क्लबमा ट्रेनिङकै चरणमा रहेका छन् । व्यावसायिक फुटबलका लागि धेरै क्लबमा इच्छा देखाइरहेका उनी कुनैमा आबद्ध भइसकेका छैनन् ।

गोलपछि ३२ वर्षका बोल्टले भने, ‘मेहनतपछि सपना सार्थक हुन्छ । पहिलो खेलमा दुई गोल गर्न पाउँदा खुसी लागेको छ ।’

बोल्टले बोरुसिया डर्टमुन्ड, दक्षिण अफ्रिकाको क्लब सनडाउन्स र नर्वेको स्ट्रोम्सगडसेटमा पनि टे्रनिङ गरेका थिए ।

बोल्टको नाममा १०० मिटर र २०० मिटर दौडको विश्व कीर्तिमान रहेको छ ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?