Comments Add Comment

ह्वावे दशैं अफरः प्रत्येक घण्टा उपहार

२६ असोज, काठमाडौं । स्मार्टफोन उत्पादक ह्वावेले यस वर्षको दशैँ अफर सुरु गरेको छ साथै तीनवटा नयाँ स्मार्टफोनहरू– नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा सेतो (पर्ल ह्वाईट) रंगमा नोभा थ्री आई पनि सार्वजनिक गरेको छ ।

कम्पनीले घण्टैपिच्छे लक्की ड्र योजना ल्याएको छ जसअन्तर्गत गोलाप्रथामार्फत् सबैभन्दा भाग्यमानी खरिदकर्ताको छनोट हुन्छ र उनीहरूले तत्कालै आकर्षक तथा रोचक उपहारहरू प्राप्त गर्नेछन् ।

कम्पनीले नेपालभरिबाट गोलाप्रथामार्फत् प्रत्येक घण्टा एकजना ह्वावे स्मार्टफोन खरिदकर्ता छान्नेछ र भाग्याशाली व्यक्तिले ब्लुटुथ स्पीकर, पावर ब्यांक, फिटनेश ब्यान्ड, टी थ्री– सेभेन, वाई थ्री २०१७, वाई सेभेन प्रो २०१८ तथा ब्रम्पर पुरस्कारमा भाग्यशाली विजेताले नोभा थ्री आई, वाई ९ २०१९, पी ट्वान्टी प्रो तथा म्याटबुक जित्न सक्नेछन् ।

सबै ह्वावे स्मार्टफोन खरिदकर्ता यो अफरमा सहभागी हुन सक्छन् र त्यसका लागिः

– सर्वप्रथम ह्वावेको फेसबुक पेज लाइक गर्नुहोस् र यो लिङ्कमा जनुपर्छ । https://www.facebook.com/HuaweimobileNP/videos/432183247305839/

–त्यसपछि ह्वावे दशैँ क्याम्पेन पोस्ट आफ्नो फेसबुक वालमा सबैले हेर्न मिल्नेगरी सेयर गर्ने

–कमेन्ट बक्समा आफ्ना तीनजना साथीलाई ट्याग गर्ने ।

–पोस्ट सेयर गरेपछि आफूले किनेको स्मार्टफोनको आइएमईआई नम्बर राखेर फेसबुकमा रहेको फाराम भर्ने र पेश गर्ने ।

–फेसबुक जेओट फाराम भर्ने लिङ्क ://form.jotform.me/82703326239456

दशैँ अफर क्याम्पेनमा ह्वावे स्मार्टफोनका जुनसुकै मोडलका खरिदकर्ताहरू सहभागी हुन पाउँछन् । बिहान १० देखि बेलुका ८ बजेसम्म घण्टैपिच्छे गोलाप्रथामार्फत् भाग्यशाली विजेता छान्ने कम्पनीले जनाएको छ । प्रत्येक दिन १० जना विजेताहरू हुनेछन् ।

नोभा टु लाइट, वाई फाइभ लाइट, वाई नाइन २०१९ तथा नोभा थ्री आइ पर्ल ह्वाईटको नयाँ सिरिज चाडबाडलाई लक्षित गरी ल्याइएको कम्पनीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment