Comments Add Comment

५५ लाखको लागतमा चितवनमा प्रेस युनियनको भवन निर्माण

२६, असोज, चितवन । नेपाल प्रेस युनियन चितवनले ५५ लाख रुपैयाँको लागतमा कार्यालय भवन निर्माण गरेको छ । भवनको कांग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका वीच आज शुक्रवार उद्घाटन गरे ।

सो भवन बनाउन समाजसेवी मैयाँदेवी श्रेष्ठले तीन वर्ष पहिले भरतपुर-११ बसेनीमा युनियनलाई १३ धुर जग्गा उपलब्ध गराएकी थिइन् । विभिन्न सांसद, जग्गा व्यवसायी एवम् उद्योगीहरुको सहयोगमा भवन निर्माण गरिएको हो ।

भवन निर्माणमा १४ जनाले जिन्सी सहयोग गरेका थिए । यस्तै ४६ जनाले नगद सहयोग गरेको युनियनका चितवन अध्यक्ष नारायण अधिकारीले जानकारी दिए ।

सो भवनमा पत्रकारको क्षमता अभिवृद्धि, वृत्तिविकास लगायतका गतिविधि सञ्चालन अध्यक्ष अधिकारीको भनाई छ । भवनलाई ‘नेपाल प्रेस युनियन चितवन मैयाँदेवी सूचना केन्ऽ’का रुपमा स्थापित गर्ने योजना रहेको अधिकारीले बताए ।

भूकम्पप्रतिरोधी सो भवनमा २ सय ५० जना क्षमताको सभाहल, कार्यालय कार्यकक्ष छ । भवन उद्घाटन गर्दै कांग्रेस सभापति देउवाले पत्रकार र पत्रकारिता माथि अंकुश लगाउने काम मान्य नहुने बताए ।

चार पत्रकार पुरस्कृत

प्रेस युनियनको आठौं अधिवेशन एवम् भवन उद्घाटनका अवसरमा चार जना पत्रकारहरु सम्मानित बनेका छन् ।

चिजकुमार-विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार किशोर नेपाल, कुलचन्द्र वाग्ले, तेजप्रकाश पण्डित पुरस्कृत भएका छन् । पुरस्कारको राशी जनही ५१ हजार १ सय ५१ रुपैयाँ रहेको छ ।

यस्तै, नेपाल प्रेस युनियन क्रियाशील पत्रकारिता पुरस्कारबाट चितवनका पत्रकार राजु चौधरी पुरस्कृत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment