Comments Add Comment

नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा

काठमाडौं । नेपाल आइसिसी महिला टी–२० क्रिकेटको बरियतामा समावेश भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल १८औँ स्थानमा परेको हो ।

४६ राष्ट्रलाई समावेश गर्दै आइसिसीले निकालेको बरियतामा नेपालले ११७ अङ्क पाएको छ ।

नेपाली महिला क्रिकेट पछिल्लो समय सुनसानजस्तै हुँदै गएको छ तर, नेपालले एक दिवसीय मान्यता पाएपछि नेपाली महिला क्रिकेटलाई पनि टी–२० मान्यता रहेको छ ।

नेपालले पछिल्लो पटक गत मङ्सिरमा थाइल्याण्डमा भएको विश्व टी–२० एशिया छनोट खेलेको थियो ।

बरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । अष्ट्रेलियाले २८० अङ्क पाएको छ । यस्तै न्युजिल्यान्ड दोस्रो, इङ्ग्ल्यान्ड तेस्रो, वेष्ट इण्डिज चौथो र भारत पाँचौं, दक्षिण अफ्रिका छैटौं, पाकिस्तान सातौँ, श्रीलङ्का आठौँ, बङ्गलादेश नवौँ र आयरल्याण्ड १० औँ स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment