+
+
Shares

प्रधानमन्त्रीलार्इ शेष घलेको सुझावः जाम हटाउन मन्त्री नियुक्त गरौं

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज २६ गते २१:३४

२६ असोज, काठमाडौं । गैरआवासीय नेपालीले लगानीको उचित वातावरण बनाउन स-सना कुराहरुबाटै वातावरण सुधार्दै लैजान सुझाव दिएका छन् । गैरआवासीय नेपाल संघको आयोजनामा काठमाडौंमा सुरु गरेको ग्लोबल ज्ञान-सीप सम्मेलनको उद्घाटन शत्रमा वक्ताहरुले यस्तो सुझाव दिएका हुन् ।

कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष शेष घलेले काठमाडौंको ट्राफिक जामको समस्या उठाए । उनले यसलाई हटाउन प्रयास कम भएकोतर्फ संकेत गर्दै ‘जाम खुलाउने मन्त्री’ नियुक्त गर्न सुझाव दिए ।

काठमाडौंका साथै ठूला शहरहरुमा सवारी जामको समस्या भयावह बन्दै गएको भन्दै उनले सरकार गम्भीर हुनु पर्ने बताए ।

‘कति युवा, व्यवसायी र सर्वसाधारणको ऊर्जाशील समय जाममै बितिरहेको होला ?’ उनले भने, ‘उत्पादनशील समयलाई उपयोग गर्ने वातावरण तयार गर्न जाम चाँही हटाउन पर्‍यो प्रधानन्त्रीज्यू, बरु यसका लागि मन्त्री नै नियुक्त गरौं ।’ उनले यस्तो सुझाव दिँदा सहभागीहरु हाँसेका थिए ।

‘पहिला म ६ दिनमा एकपटक नेपाल आउँथे, अहिले ६ महिनामा आएँ । ६ महिनामा काठमाडौं आउँदा झन् भद्रगोल पाएँ’ एनआरएनका पूर्वअध्यक्ष घलेले भने, ‘ट्राफिक समस्या अस्ट्रेलियामा पनि छ तर, त्यहाँ हालै त्यस्तो समस्या यथाशक्य सम्बोधन गर्न मन्त्री नियुक्त गरिएको छ ।’ साथै उनले गैरअावासीय नेपालीहरूको मामिला हेर्न एक कनिष्ठ मन्त्रीको ब्यबस्था गर्नसमेत सुझाव दिए ।

कार्यक्रममा प्रमुख अतिथी रहेका प्रधानमन्त्री ओलीले भने नेपालमा लगानीमैत्री वातावरण बनेको बताएका छन् । राजनीतिक स्थिरता कायम भएको भन्दै उनले गएकाले अब ढुक्क भएर लगानी गर्न आग्रह गरे ।

आवश्यक नीति तथा व्यवस्थाहरु सरकारले गर्ने भन्दै विकास लागि ठूलो पुँजी परिचालनको आवश्कता रहेको औंल्याए ।

प्रधानमन्त्री ओलीले ओलीले सम्भाव्य क्षेत्रमा लगानी लिएर आएर त्यसको सुरक्षाको जिम्मा सरकारले नै लिने पनि बताए । उनले गैरआवासीय नेपालीले पनि नेपालभित्र ठूला आयोजनाहरुमा लगानीको अवसर रहेको भन्दै खुलेर लगानी ल्याउन ल्याउन आह्वान गरे ।

काठमाडौंमा सुरु भएको विज्ञ सम्मेलनमा विभिन्न देशबाट आएर विज्ञहरुले कार्यपत्र पेश गर्नेछन् । त्यसमाथि छलफल गरेर निश्कर्षसहित श्वेतपत्र जारी गर्ने र सरकारलाई सुझाव स्वरुप बुझाउने योजना छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?