Comments Add Comment

‘लाउरेको र्‍याप’ फिल्ममा लाउरे

‘लाउरे’ उपनामले परिचित र्‍यापर आशिष रानाले नयाँ चलचित्रमा संझौता गरेका छन् । ‘लाउरेको र्‍याप’ नामक चलचित्रमा उनले काम गर्न लागेका हुन् । उनले नेपाली र्‍यापलाई एउटा उचाई दिएका छन् । हाल ‘हिमालय रोडिज’मा व्यस्त लाउरेले यो शो सकिएसँगै चलचित्रको छायांकन सुरु गर्नेछन् । चलचित्रमा लाउरे र सोनाम पाख्रिन फाइनल भएका छन् ।

लाउरेले केही बर्ष अगाडि चलचित्र ‘ताण्डव’मा अभिनय गरेका थिए, तर यो चलचित्र असफल भयो । पासाङ योन्जन लामाको कथा तथा निर्देशनमा तयार हुन लागेको यो चलचित्रको हाल कथा लेख्ने काम अन्तिम चरणमा पुगेको छ । फागूणबाट चलचित्रको छायांकन गर्ने निर्देशक लामाले जानकारी दिए ।

यो चलचित्रमा कसम नेपालको कथा, हरि हुमागाँइको छायांकन, दावा शेर्पाको लगानी रहनेछ । र्‍यापरहरुको कथामा यो चलचित्र बन्न लागेको छ । चलचित्रको छायांकन काठमाण्डौसँगै विभिन्न स्थानमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment