Comments Add Comment

सीके राउत पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरणको बहस कात्तिक १ गते

२९ असोज, वीरगञ्ज । डा. सीके राउतलगायतलाई गैरकानुनी ढंगले हिरासतमा राखिएको भनी परेको बन्दीप्रत्यक्षीकरण मुद्दाको सुनुवाइ कात्तिक १ गते हुने भएको छ ।

जनकपुर उच्च अदालत अस्थायी इजलाश, वीरगञ्जका न्यायाधीश डिल्लीराज आचार्यले पक्षतर्फका अधिवक्ताहरु रामनारायण कुर्मी, लालबाबु यादव, वीरेन्द्र यादवको बहसपछि थप अध्ययन आवश्यक भएको भन्दै कात्तिक १ का लागि पेसी सारेका हुन् ।

न्यायाधीश आचार्यले पुराना फैसलाको प्रतिलिपि, त्यस्तै प्रकृतिका मुद्दामा विगतमा भएका फैसलाका नजिर र रौतहट अदालतमा परेको मुद्दाको सक्कल फाइल झिकाएर अध्ययनका लागि पेशी सारिएको बताए ।

यसैबीच सीके राउतको समर्थन गर्दै प्रदर्शन गर्ने २८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राउतलाई अदालतमा ल्याउने र अदालतबाट लैजाने समयमा प्रदर्शन गरेपछि प्रहरीले उनीहरुलाई समातेको हो ।

राउतका समर्थकले राजमार्ग नै अवरुद्ध हुनेगरी प्रदर्शन गर्दा केहीबेर सवारी आवागमन नै प्रभावित भएको थियो ।

जिल्ला प्रहरी कार्यालय, पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले पक्राउ परेका २८ जनालाई प्रहरी हिरासतमै राखिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment