२९ असोज, काठमाडौं । साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती (गोरे) का सहयोगी वेनु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा पक्राउ गरिएको हो ।
प्रहरी स्रोतले दुबईबाट पक्राउ परेका श्रेष्ठलाई आइतबार दिउँसो नेपाल ल्याइएको जानकारी दिएको छ । उनलाई अहिले महानगरीय प्रहरी वृत्त, गौशालाको हिरासतमा राखिएको छ ।
तत्कालीन उच्चस्तरीय अनुसन्धान समितिका एक अधिकारीका अनुसार श्रेष्ठसँग सामान्य सोधपुछ गरेर आजै मोरङ जिल्ला अदालतमा हाजिर गराउने तयारी छ ।
श्रेष्ठमाथि गोरे समूहले ३ वर्षमा गरेको करिब ३८ क्विन्टल सुन तस्करीमा दुबई बसेर सेटिङ मिलाउने गरेको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4